२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ददि सापकोटा

ददि सापकोटाका लेखहरु :

पेरिसमा पनि मनाइयो फागु

फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव हर्षोल्लासका साथ मनाइएको छ । फागु पूर्णिमा मनाउने कार्यक्रम गर्दै आएको नेपाली सांस्कृतिक गृहद्वारा आइतबार आयोजित कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएका हुन् ।

फ्रान्समा प्यालेस्टाइन समर्थकको जुलुसमा प्रहरीको हस्तक्षेप, राष्ट्रपतिद्वारा एकताको आह्वान

इजरायलमाथि हमासको अक्रमण भएको केही दिनमै बिहीबार साँझ प्यालेस्टिनीहरुको समर्थनमा निकालिएको जुलुसलाई पेरिसको प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्दै हस्तक्षेप गरेको छ ।

युरोप पुगेका नेपाली युवामा डिप्रेसनको समस्या बढ्दो

जर्मनीको हेमवर्ग निवासी चितवनका जेनिस महर्जन नेपालबाट जर्मनीमा अध्ययन भिसामा आउँदा उनमा कुनै समस्या देखिएको थिएन । तर जर्मनी आइसकेपछि उनमा डिप्रेसन देखियो । उनले चिकित्सकको सल्लाहमा औषधि लिइरहेका थिए । एकदिन उनी औषधि लिन गएका थिए फार्मेसीमा ।

बेलायतमा पनि उडुसको हैरानी 

फ्रान्सको राजधानी पेरिसमा उडुस र साङ्लाको बिगबिगीको अन्तर्राष्ट्रिय चर्चा भईरहेकै बेला अहिले त्यो हैरानी बेलायतमा पनि बढेको छ । अधिकारीहरुले पेरिसबाट बेलायत पुग्ने रेलका कारण उडुस फैलिएको सार्वजनिक गरेका छन् । 

पकेटमारबाट युरोपभरि नै पर्यटक हैरान

युरोपेली मुलुकमा भ्रमण गर्न आउने पर्यटकहरू पकेटमारबाट हैरानीमा पर्ने गरेका छन् । त्यसो त पकेटमारहरू जुनसुकै देशमा पनि हुन्छन् । तर युरोपमा जति पकेट मारिन्छ, त्यसबारे भने भ्रमणमा आउने कमैलाई थाहा छ । जसका कारण रमाइलो गर्न पुगेका पर्यटक पकेटमारबाट बिजोग हुने गरेका छन् । युरोपका केही देश पकेटमारीका लागि बदनाम नै छन् ।

फ्रान्सका शैक्षिक संस्थामा मुस्लिम पहिरनमा प्रतिबन्धले विवाद

फ्रान्सका शैक्षिक संस्थामा सरकारले मुस्लिम समुदायको पहिरनलाई प्रतिबन्ध लगाएपछि विवाद सुरु भएको छ । शैक्षिक संस्थामा धर्मलाई चिनाउने पहिरन लगाउनु धर्मनिरपेक्ष कानुनको उल्लंघन हुने सरकारले जनाएको हो । तर, विपक्षी वामपन्थी दल, मुस्लिम समुदाय र केही अभियन्ताले भने व्यक्तिगत स्वतन्त्रता हनन हुने भन्दै सरकारको निर्णयको आलोचना गरेका छन् ।

फ्रान्सको प्रकृति संरक्षणमा वातावरण प्रहरी सक्रिय

जंगली जीवजन्तु पाल्ने, बिक्री गर्ने र किटनाशक औषधि तथा विषादीको अत्यधिक प्रयोगलाई रोक्न फ्रान्सले वातावरण प्रहरीलाई सक्रिय बनाएको छ ।  फ्रान्सको उत्तरी क्षेत्र सँ अँलेजो, भलँसियनलगायतका दर्जनौं क्षेत्र जंगली चराहरू समात्ने र तिनालाई बजारमा पुन: बिक्री गर्ने कार्यले तस्करीको लागि 'हब' बन्दै गएपछि फ्रान्सले वातावरणीय प्रहरी सक्रिय बनाएको हो ।

पर्यावरणीय मुद्दा उठाउँदै पोर्चुगलका बालबालिकाहरू ३२ युरोपेली देशविरुद्ध अदालतमा

पोर्चुगलका बालबालिकाहरू ३२ युरोपेली देशविरुद्ध अदालतमा गएका छन् । पोर्चुगलको जंगलमा लागेको डढेलो र बिग्रँदो पर्यावरणीय चिन्ताले यी बालबालिकाहरूलाई युरोपेली अदालतमा लडाइँ सुरु गर्न प्रेरित गरेको हो ।

युरोप फेरि गर्मीको चपेटामा 

गर्मीका कारण युरोप फेरि चपेटामा परेको छ । गर्मी बढेसँग युरोपका विभिन्न मुलुकमा पानीको संकट, आगलागी र कृषि उत्पादनमा कमी आएको छ । केही सातादेखि पोर्चुगल, स्पेन, इटाली, फ्रान्स र ग्रिसका विभिन्न क्षेत्रमा भीषण आगलागी भइरहेको छ । 

पोर्चुगलमा भीषण डढेलोबाट हजारौं विस्थापित, सयौं नेपालीको उद्धार

केही दिनदेखि व्यापक रुपमा फैलिएको डढेलोबाट पोर्चुगलमा हजारौं हेक्टर जमिन प्रभावित भएपछि नजिकै बसोबास गर्नेहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आलेन्तेजो क्षेत्रबाट सयौं नेपालीलाई उद्धार गरिएको छ ।