माया श्रेष्ठ

यौन हिंसाको जोखिममा छन् कलिला बालिका

गत साता राजधानीमा चार बालिका बलात्कृत भएका घटना सार्वजनिक भए । भक्तपुरको मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोककी १० वर्षीया बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बुका ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । भक्तपुरमै धम्क्याएर १५ वर्षीया बालिकालाई बलात्कार गर्ने सिरहाका १८ वर्षीय विजय भुजेल पनि अहिले हिरासतमा छन् । 

डम्पिङ साइट बन्दै पाशुपत क्षेत्र

पशुपतिनाथको मृगस्थली र ध्रुवस्थली वन फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) का रूपमा परिणत भएको छ । वनमा उद्योगधन्दाबाट निस्किएका फोहोरदेखि बस्तुभाउको सिनोसम्म यत्रतत्र फालिएको देख्न सकिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र दुर्गन्धित हुँदा समेत पशुपति क्षेत्र विकास कोष मौन बसेको स्थानीयवासीले गुनासो गरेका छन् ।

मृगस्थलीमा मृग व्यवस्थापन गाह्रो

पशुपतिको श्लेषमान्तक वन मृगस्थलीमा मृगको व्यवस्थापन नहुँदा शताब्दी पुराना रूख लोप हुने अवस्थामा पुगेका छन् । मृगले पुराना रूखको जरा खोतल्ने र लोक्ता टोक्न थालेका छन् । २०६१ मंसिरमा ९५ रोपनीमा ३० वटा मृग पाल्न सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा होमप्रसाद नेपालले जानकारी दिए । ‘मृगको संख्या बढेर १ सय ६३ पुगेको छ,’ उनले भने, ‘पाल्ने ठाउँ साँघुरो भयो ।’

खोलाकै सफाइ

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

माया श्रेष्ठका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।