२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनिषा गौचन

मनिषा गौचनका लेखहरु :

क्याफे स्टुडियो

अनेकन पात्र भएर जिन्दगी जिउन कथा लेख्छु, चाहे त्यो एक सुकोमल बालक होस् या कुख्यात डाँकू । चाहे सामान्य आइमाइ हुन्, या वीरंगना । र, गुजारा चलाउने देहव्यापारी होस् या यौनको लतले बिग्रिएकी आइमाई अनि चाहे ती पशुपंक्षी हुन् या प्रकृति । मेरा कथा यही समाज चल्ने क्रममा एकअर्कासँग ठोक्किएर बलेका झिल्का हुन् ।

अनि सुकदेवीले मास्टर्स गरिन्

आमाले भर्खरै शिक्षाशास्त्रमा स्नातकोत्तर तह पूरा गरेकोमा प्रमाणपत्रसमेत सार्वजनिक गर्दै भव्य बधाई दिइन् रोजिनाले (कृषि विज्ञानमा स्नातकोत्तर गरिरहेकी छन् रोजिना पनि) । रोजिनाकी आमाकी साथी हुँ म । म पनि गर्वले बोलेँ, ‘लौ गज्जब, सुकदेवीले मास्टर्स गरिन्... ।’सुकदेवी शेरचन मेरो स्कुले जीवनको साथी । म वास्तवमै खुसी थिएँ । मास्टर्सको प्रमाणपत्र लिन सुकदेवी काठमाडौं आएकी थिइन् । यही बेला हामी भेट्यौं र खुसी बाँड्यौं । उनी जति खुसी थिइन्, त्यस खुसीका पछाडि उभिएका उनका संघर्षका खम्बा उत्तिकै अग्ला थिए । सुकदेवी आफ्नो संकल्पका निम्ति कति कठोर रहिछन्, त्यो बोध मलाई बल्ल हुँदै थियो ।