आहुति

नास्तिकहरूको दुःख

सम्भवतः मानव समाजमा सबैभन्दा लामो वैचारिक संघर्ष अध्यात्मवाद र भौतिकवादको वैचारिकीका बीचमै हुनेछ । त्यस विशद संघर्षमा प्रवेश गर्नु यस लेखको मनसुबा होइन, तैपनि धर्म र आस्तिकताको विपक्षमा उभिने नास्तिकता किन विद्रोही चरित्रभन्दा माथि उठ्न सकेन र पटकपटक पराजित हुँदै आयो भन्ने विषयमा बहस उठाउने उद्देश्य भने पक्का राखेकै छ ।

एनसेलको कलात्मक कर

राजनीति मात्र सही भएर पुग्दैन, त्यसलाई सफल पार्न कलाको प्रयोग गर्न सक्नुपर्छ । राजनीतिकर्मीहरूबीच यो भनाइ सर्वस्वीकार्य रहिआएको छ । आजको पुँजीवादी विश्व राजनीतिलाई दिशानिर्देश कसले गरिरहेको छ ? स्पष्टै छ- बहुराष्ट्रिय कम्पनी र देशभित्रका निगमीकृत पुँजी घरानाहरूले । सीधा राजनीतिलाई निर्देशित गर्न तम्सिनेहरूले राजनीतिमा कलाको प्रयोग गर्नु अनिवार्य बन्छ ।

मेरी आमा महान् होइनन्

केही महिनाअघि एक जना साथीको आमाको मृत्युको शोकमा समवेदना प्रकट गर्न पुग्दा उनले भन्थे, ‘उमेर त आमाको बयानब्बे थियो तर के गर्नु... आमा भनेको पाँच सय वर्ष बाँचे पनि थोरै लाग्ने रै’छ  । ’ विश्वका विभिन्न सभ्यताहरूमा रचिएका साहित्यहरूमा आमाको विम्ब धेरै नै माथि छ  ।

वर्ग निर्माणको नेपाली मौलिकता 

हरेक समाजको वर्तमानमा क्रियाशील वर्गहरू निर्माणको मौलिक ऐतिहासिकता र राजनीतिक–आर्थिक कारण हुन्छन् । तिनै कारणमाथि नै खास प्रकारको राजनीतिक व्यवस्था टिकेको हुन्छ । कुनै पनि राजनीतिक परिवर्तन तब नै समग्र क्रान्तिका रूपमा प्रकट हुन्छ, जब त्यसले पुरानो व्यवस्थाले निर्धारण गरेको वर्ग निर्माणको सिलसिलालाई रोक्छ र वर्ग निर्माण वा वर्ग विघटनको नयाँ आधार खडा गर्छ ।

दासत्वको अन्तिम अवशेष

केही साताअगाडि छापामा एउटा खबर प्रकाशित देखियो— मुक्त घोषित हलियाको व्यवस्थापनका निम्ति छुट्याइएको तीन अर्ब रकम सकियो । मुक्त घोषित हलिया, कमैया र कम्लरीको आधारभूत समस्या समाधान नभएको मात्र हैन, बरु उल्टो जटिल बनिरहेको यथार्थबारे छापाहरूमा समाचार पनि आइरहेकै छन् ।

आहुतिका लेखहरु :

फर्जी प्रतिनिधित्वको जाली प्रणाली 

जब निजी सम्पत्तिले निर्णायक भूमिका खेल्ने पुरुषशासित निजी परिवारको जन्म भयो, त्यहीँबाट सुरु भयो मानव समाजमा प्रतिनिधिले निर्णय गर्ने फर्जी प्रतिनिधित्वको जाली प्रणाली । पुरुषको नामबाट वंश चिनिने परम्परा प्रतिनिधित्वको पहिलो जाली संस्कृति थियो ।

संगठित प्रगतिशीलताको माङ्गेनार्थ 

दर्शन, विचार र राजनीतिले साहित्यमा खास प्रवृत्तिलाई जन्माउँछन् भन्ने विषय अब नयाँ रहेन । हुन त साहित्यको कुनै राजनीति हुन्न वा जरुर हुन्छ जस्ता टोकाटोक र ठोकाठोक पनि हुँदै आएकै हुन्, तैपनि त्यस्ता ठोकाठोकलाई यस आलेखमा सिलोक भन्ने आँगन छैन । यहाँ निहुँ खोज्न लागिएको विषय त्यो हैन ।

युग परिवर्तनको कम्युनिस्ट बहस

मार्क्सवादी सिद्धान्तले विकास र विनाशको मुख्य कारण वस्तुभित्रै हुन्छ भन्छ । यसले समाज व्यवस्थाभित्र विकसित हुने उत्पादक शक्तिले उन्नत समाज व्यवस्था निर्माण सुरु गर्छ भन्ने तर्क गर्छ । उत्पादक शक्ति भन्नाले मानिस र उत्पादन गर्न प्रयोग हुने औजार, श्रम आदि हुन् । यसमा मानिस निर्णायक हुन्छ भने औजारचाहिँ मुख्य हुन्छन् ।

गंगालालको छातीका अतिरिक्त तीन गोली

विसं १९९७ मा शहादत प्राप्त गर्ने चारमध्ये सबैभन्दा कान्छा गंगालाल श्रेष्ठ २२ वर्षका थिए । त्यस अन्धकार युगमा उदाउँदो उमेरको युवाले बाँच्न दिएको भीखको अवसरसमेत सोझै अस्वीकार गरी जुन साहसिक शहादत रोज्यो, त्यसले सामन्तवादविरुद्ध नेपाली युवा भविष्यसम्म कसरी लड्नेछ भन्ने प्रस्ट संकेत गर्‍यो । गंगालालको शहादतबाट सुरु भएको नेपालका युवाको बलिदानको सिलसिला आजसम्म थामिएको छैन ।

बौद्धिक जागरणको नेपाली तिर्खा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन ।