अगन्धर तिवारी

[अपडेट] पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३३ जना घाइते

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।

ग्रामीण सडक धमाधम कालोपत्रे

पर्वतका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन् । दोबिल्ला–फलेवासको आधाभन्दा धेरै भाग कालोपत्रे भइसकेको छ । योसँगै जोडिएको मुडिकुवा–झकलाक र फलेवास–लुंखु सडकमध्ये मुडिकुवा–झकलाकको ७ किमि सडक पनि कालोपत्रे भएको छ । 

झाडी फाँडेर पिकनिक स्थल

झाडीले ढाकेको जंगल एकाबिहानैदेखि साँझसम्म दर्जन बढी महिला–पुरुष मिलेर फँडानी गरिरहेका छन् । कुश्मा–५ को बडागाउँ सामुदायिक वन क्षेत्रमा सरसफाइ सुरु गरेको महिनादिन पुगिसकेको छ ।

अगन्धर तिवारीका लेखहरु :

विकास गाउँतिर, बसाइँ सहरतिर

अढाइ दसकअघि मोतीप्रसाद श्रेष्ठ अध्यापन गर्न यहाँको काफलचौर माविमा आउँदा गाउँ निकै फोहोर थियो । तत्कालीन समयदेखि नै राजनीतिमा जिल्लाकै अग्रपंक्तिमा आउने दुर्लुङकै क्षेत्रबहादुर गुरुङ उतिबेलै मन्त्री थिए । तर, उनकै घरमा पनि शौचालय थिएन ।

पुनर्निर्माणको गति सुस्त

भूकम्पको तीन वर्ष बितिसक्दा पनि पर्वतमा आवास पुनर्निर्माणले गति लिन सकेको छैन । कम क्षति भएका जिल्लाको सूचीमा रहेको पर्वतमा लाभग्राहीको संख्या ५ हजार २ सय ६९ छ ।

३ कक्षा पास गरे भत्ता

कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको छ ।

५२ वडा समेटेर सुन्तला क्षेत्र

सुन्तला उत्पादनका पकेट क्षेत्रका रूपमा मानिएका धौलागिरिका तीन जिल्लाका विभिन्न वडा समेटेर प्रवद्र्धनका एकीकृत कार्यक्रम सुरु भएका छन् ।

महाशिलामा एक घर एक रोजगार

महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तहको चुनावी घोषणापत्र सार्वजनिक गर्दा मुख्य नारा थियो ‘एक घर एक रोजगार’ कार्यक्रम । विपक्षीले घोषणापत्रबारे खुलेर विरोध गरे । कसैले हावा गफ भन्दै खिसिटिउरी गरे ।