बीबीसी/रोयटर्स

रुसले विमान खसालेको दाबी

अस्ट्रेलिया र नेदरल्यान्डले ४ वर्षअघि युक्रेनमा भएको मलेसियाली विमान दुर्घटनामा रूस जिम्मेवार रहेको बताएका छन् । साथै उनीहरूले त्यसको क्षतिपूर्ति दाबी गर्ने जनाएका छन् ।

पेरिस बम आक्रमणका दोषीलाई २० वर्ष जेल

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा गरिएको बम आक्रमणका एकमात्र जीवित सलेह अब्देसलामलाई बेल्जियमले २० वर्षका लागि जेल सजाय तोकेको छ । 

सिरिया द्वन्द्व: रासायनिक आक्रमणमा ७० को मृत्यु

सिरियाको पूर्वी गुटामा आइतबार गरिएको शंकास्पद रासायनिक हतियार आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

बीबीसी/रोयटर्सका लेखहरु :

अर्को ‘शीतयुद्ध’

एक रूसी पूर्वगुप्तचरमाथि भएको आक्रमणको विरोधमा अमेरिका तथा रूसले एक अर्का देशका कूटनीतिज्ञ निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

दुई कोरियाबीच अप्रिलमा शिखर वार्ता

उत्तर र दक्षिण कोरियाबीच आगामी अप्रिल २७ गते शिखर वार्ता हुने भएको छ । दुई देशका शीर्ष नेताबीच १० वर्षपछि वार्ता हुन लागेको हो ।

१०६ रूसी कूटनीतिज्ञ निष्कासित

अमेरिका तथा युरोपेली देशले हालै बेलायतमा पूर्व रूसी गुप्तचरमाथि गरिएको आक्रमणको विरोधमा दर्जनौं रूसी कूटनीतिज्ञलाई देशनिकाला गरेका छन् ।

किम र दक्षिण कोरियाली टोलीबीच भेटवार्ता

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग  सोमबार भेटवार्ता गरेका छन् । किमले सन् २०११ मा सत्तामा आएयता पहिलोपटक दक्षिण कोरियाली अधिकारीलाई भेटेका हुन् । वार्ताबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । 

रोकिएन सिरियामा आक्रमण, राष्ट्रसंघीय युद्धविरामको अवज्ञा

राष्ट्रसंघीय सुरक्षा परिषद्ले द्वन्द्वका कारण पिडित सर्वसाधारणलाई आवश्यक मानवीय सहायता प्रदान गर्न युद्धविराम प्रस्ताव पारित गरेको २ दिन बितिसक्दा पनि सिरिया सरकारले हवाई आक्रमण जारी राखेको छ ।