शेरबहादुर देउवा

शेरबहादुर देउवाका लेखहरु :

शक्ति हस्तान्तरणको शान्तिपूर्ण उपाय- चुनाव

कान्तिपुर कन्क्लेभको यो तेस्रो संस्करणमा सामेल हुन पाउँदा म खुसी छु । मलाई निम्ता गर्नुभएकोमा धेरै धेरै धन्यवाद । कान्तिपुर मिडिया हामी सबैले लडेर ल्याएको लोकतान्त्रिक मूल्य मान्यताको अथक समर्थक हो । यो जनताको जान्न पाउने अधिकारको कट्टर रक्षक र सरकारको निडर आलोचक पनि हो ।