सीके लाल

सकसमा सांसारिकता

कुनै बेला ‘अजब नेपाल गजब कश्मीर !’ उखान अर्थपूर्ण लाग्ने गर्थ्यो । दिशाविहीन राज्यव्यवस्था, मुद्दाविहीन राजनीति, गतिहीन अर्थतन्त्र एवं संवेदनहीन समाज भोग्न अभिशप्त भए पनि आफ्नो दुर्गतिमा समेत रमाउने संस्कृति अँगालेको नेपाल अहिले पनि दुनियाँमै अजबको ठाउँ हो ।

बीपीको मधेस दृष्टि

छापा मिडियाको बोलवाला रहेका बेला बेलायत लगायत कतिपय पश्चिमा मुलुकमा गर्मीका केही महिनालाई मूढ मौसम (सिल्ली सिजन) भन्ने गरिन्थ्यो । प्रभावशालीहरू वार्षिक बिदामा गएका हुन्थे । राजनीतिक समाचार खासै हुँदैनथ्यो । अनि अखबारहरू कुकुर र बिरालोको कथा हालेर पाना भर्ने गर्थे ।

नीर नृत्यको लीला

सामान्यतया उत्ताउलोपना पानीको नैसर्गिक चरित्र होइन । छहराहरू पहराबाट झर्छन् र आफ्नो बाटो खोज्छन् । खोलानाला कलकल गर्दै, ढुंगा पन्छाउँदै एवं माटो बगाउँदै आफ्नै सुरतालमा बग्छ । मैदानी माटोलाई काट्दै समथरका नदीहरूले नागबेली धार समात्छन् ।

स्वैरकल्पनाको शोकगीत

जनकपुर । प्रस्थान स्थल नफर्किनेगरी गरिएको यात्रा विस्थापन हुनसक्छ । पलायन कहलिन सक्छ । त्यो दुइटै नभए स्वनिर्वासनको लक्ष्य पनि फर्किनु नै रहेको हुन्छ । सायद त्यसैले दार्शनिकहरूले फर्किनुलाई यात्राको मूल उद्देश्य ठहर्‍याएका छन् ।

स्वचालित शासनका उल्झन

सार्वजनिक खपतका लागि नेपाली कांग्रेसका समर्थकहरूले सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको जतिसुकै आलोचना गरे पनि बन्द कोठाभित्र उनका प्रशंसकहरूको जमात प्रमुख प्रतिपक्षी दलभित्र यथावत छ । नहोस् पनि किन ? मुलुकमा अमनचैन छ । भारततर्फका सबै नाका खुला छन् ।

सीके लालका लेखहरु :

शब्द साक्षी : अल्पतन्त्रको दबदबा

धर्मावलम्बी मुसलमानहरू रमजानको पवित्र महिनाभरि बिहानको ‘सहरी’ आहार एवं बेलुकाको ‘इफ्तार’ भोजनसँगै निर्जल उपवास बस्ने गर्छन् । उपवासको ३० दिने अवधि सकिएपछि चन्द्रमाको स्थितिका आधारमा ‘इद-उल-फितर’ उत्सवको तिथि निर्धारण गरिन्छ । दैनिक ‘नमाज’ घर वा कार्यस्थलमै गर्न सकिए पनि इदको नमाजका लागि भने मस्जिदमै पुग्नुपर्ने मान्यता छ ।

नयाँ शृङ्खलाको थालनी

अक्षरलाई अनन्त, अनादि एवं अपरिमित सामथ्र्यको स्रोत भनिएको छ । शब्दलाई ब्रह्म एवं मानवीय स्मृति, कल्पना र चिन्तन प्रक्रियाको ऊर्जा तथा नादलाई यन्त्र मानिएको छ । त्यस्ता सबै मान्यताले भने शब्दको सम्प्रभुतालाई सर्वोपरी ठहर्‍याएका छन् । समस्या त्यसबेला सुुरु हुन्छ, जब शब्द आफैमा सार्वभौम शक्ति नभएर त्यसलाई अथ्र्याउने तागत एवं हिम्मत भएकाहरूको औजार बन्न पुग्छ ।