बीबीसी/सीएनएन

जुकरबर्गले माफी मागे

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बेलायतस्थित एक राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा कम्पनीले गल्ती गरेको स्विकारेका छन् ।

‘एफबीआइले शक्तिको दुरुपयोग गर्‍यो’ 

अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा संघीय जाँच ब्युरो (एफबीआई) ले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा लेखोट सार्वजनिक गरेको छ ।

‘नेताहरूले गलत प्रयोग नगरून्’

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जाललाई गैरजिम्मेवारपूर्ण तरिकाले प्रयोग नगर्न चेतावनी दिएका छन् । गत जनवरीमा पदबाट हटेयता दिएको ‘दुर्लभ’ मानिएको अन्तर्वार्तामा उनले सामाजिक विभाजनलाई प्रोत्साहन गर्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई आग्रह गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय निगरानीको डर छैन’

म्यान्मारमा जारी हिंसापछि रोहिंग्या शरणार्थीबारे मौन रहेकोमा चर्को आलोचना खेपिरहेकी म्यान्मारकी नेतृ आङ सान सुकीले ‘अन्तर्राष्ट्रिय समुदायको निगरानी’ बाट आफ्नो सरकारलाई कुनै डर नभएको बताएकी छन् ।

बीबीसी/सीएनएनका लेखहरु :

उत्तर कोरियाद्वारा शक्तिशाली हाइड्रोजन बम परीक्षण

राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ । उत्तरपूर्वी किल्जु काउन्टी क्षेत्रको पुङ्गे–री आणविक केन्द्रमा बम परीक्षण गरिएको हो ।

भतिजा हटाएर छोरालाई युवराज

साउदी अरबका राजा सलमानले आफ्ना छोरा मोहम्मद विन सलमानलाई उत्तराधिकारी घोषणा गरेका छन् । ५७ वर्षीय भतिजा मोहम्मद विन नायफलाई युवराज पदबाट हटाउँदै उनले आफ्ना ३१ वर्षीय छोरालाई युवराज बनाएका हुन् । बुधबार जारी शाही आदेशलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएअनुसार मोहम्मद विन सलमानलाई उपप्रधानमन्त्रीको जिम्मेवारी पनि दिइएको छ ।

प्रतिरक्षा प्रणाली चाँडै सक्रिय बनाइन्छ : अमेरिका

अमेरिकाले दक्षिण कोरियामा स्थापना गरिएको मिसाइल प्रतिरक्षा प्रणाली केही दिनमै सक्रिय बनाइने र उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध अझ कडा बनाइने जनाएको छ ।

टर्कीको जनमत संग्रह : कार्यकारी राष्ट्रपतिको पक्षधर विजयी

टर्कीमा आइतबार भएको जनमत संग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने पक्षमा जनमत आएको छ । संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तन हुने गरी संशोधन गर्न सक्ने अधिकार राष्ट्रपतिलाई दिइन ‘हुन्छ’ या ‘हुँदैन’ भन्ने विषयमा भएको जनमत संग्रहमा ‘हुन्छ’ भन्ने पक्षमा ५१.४ प्रतिशत मत खसेको हो ।

अमेरिकामा ‘देश छाड’ भन्दै हत्या

अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् ।