नगेन्द्र अधिकारी

आर्थिक वर्ष सकिने अघिल्लो दिन बजेट

जिल्लाका ४ स्थानीय तहले चालु आर्थिक वर्ष सकिन एक दिनअघि मात्रै वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै पेस गर्नुपर्ने बताए पनि त्यसको बेवास्ता भएको हो ।

क्रसरले जोखिममा बस्ती र राजमार्ग 

मापदण्ड विपरीत सञ्चालित खानी तथा क्रसर उद्योगका कारण बीपी राजमार्ग जोखिममा छ । बस्तीमाथि रहेका उद्योगका कारण वर्षासँगै स्थानीय त्रासमा छन् । 

किरिया गर्न छिमेकीको आश्रय 

पहिरोले एउटा परिवारका दुई सदस्यको ज्यान लियो । घर पनि पुर्‍यो । बाँचेकाले काजकिरिया गर्न छिमेकीको आश्रय लिनुपर्‍यो । भूकम्पछि चर्किएको घरमै बस्दै आएका रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले दुई जनाको ज्यान लिएको थियो ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

शनिबार दिउँसोभरीको प्रयासपछि बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्ड एकतर्फी खुलाइएको छ । जिल्ला प्रहरी कार्यलय काभ्रे माफर्त ५ वटा डोजर र  सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास आयोजनाका २ वटा डोजरले राजमार्गमा खसेको लेदो र पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । 

पहिरोले घर पुरिँदा २ को मृत्यु

पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नगेन्द्र अधिकारीका लेखहरु :

विवादका कारण आएन बजेट

पार्टीगत विवादका कारण जिल्लाका ३ स्थानीय तहले अझै वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० भित्रमा प्रस्तुत गरिसक्नुपर्ने उल्लेख छ । 

भूकम्पपीडितका घरमा चौपाया

चौरीदेउराली ९ का तेजबहादुर तामाङले भूकम्पमा क्षति भयो भन्दै आवास अनुदान लिएको घर स्थानीय अनिल गौतमलाई भाडामा दिएका छन् । गाउँपालिकाको केन्द्र ढाडखर्क नजिकै होटल चलाउन अनिल तेजबहादुरको घरमा डेरा लिएर बसे । पुरानो कच्ची घरको तल्लो तला भाडामा लगाएका तेजबहादुर माथिल्लो तलामा बस्छन् ।

काभ्रेमा ‘सुई आक्रमण’

बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । ‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०/४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो ।

तोकिएको मितिमा आएन

वर्षे अधिवेशन आहृवान गरिसकेका स्थानीय तहले समयसीमाभित्र बजेट नभई नीति तथा कार्यक्रम पेस गरेर औपचारिकता पुर्‍याएका छन् । काभ्रेका १३ मध्ये केहीले मात्रै त्यसको परिपालना गरेका छन् । केहीले त्यसोसमेत गरेनन् ।

अभ्यास गर्ने मैदान पनि भएन

जिल्लाको विकट मानिने खानीखोला गाउँपालिकाको भलिबल टिमले दुई वर्ष लगातार जिल्लास्तरीय प्रतियोगिता जित्यो । खानीखोला र बेथानचोक गाउँपालिकाले आयोजना गरेका जिल्लास्तरीय प्रतियोगिताको उपाधि पनि दुवैपटक खानीखोलाको टिमले नै उचाल्यो ।