निर्माणमा ढिलासुस्ती हुँदै आएको दार्चुला–तिंकर सडकखण्डको कटिङ धौलाकोटसम्म पुगेको छ । व्यास गाउँपालिका–५ धौलाकोटको गडानमा शनिबार सडकको ट्रयाक कटिङ कार्य सुरु भएको सडक निर्माण आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नौगाड गाउँपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहको पुँजीगत खर्च शून्य देखिएको छ । पुससम्म विकास खर्च शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)ले जनाएको छ ।
नगदे बालीका रूपमा उत्पादन हुने सुन्तला यो वर्ष किसानको अपेक्षाअनुसार फलेनन् । सुन्तलाको फल लाग्ने समयमा पानी नपर्दा र केही बोटहरूमा रोगको संक्रमण फैलिँदा आश गरे अनुसारको उत्पादन नभएको किसानहरू बताउँछन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिपको पछाडिको सिट हटाउँदा जिप व्यवसायीले यात्रुबाट तीन गुणा बढी भाडा असुलिरहेका छन् । महाकाली राजमार्गबाहेकका सडकमा चल्ने बोलेरो जिपको पछाडिका सिट र छत हटाउँदा यसको मार स्थानीय यात्रुले खेप्नुपरेको छ ।
महाकाली नगरपालिका–४ पुलघाटस्थित एक फेन्सी पसलमा सोमबार राति आगलागी भएको छ । स्थानीय पदम बडालको बडाल कम्प्लेक्समा आगलागी हुँदा पसलभित्र रहेका सामान जलेर नष्ट भएका छन् ।
चिसो बढेसँगै बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको छ । बझाङका साइपाल, सुर्मा, छविस पाथीभेरा र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिउँ खसेको छ ।
नेपाल– भारत सीमावर्ती जोलजिवीको ऐतिहासिक मेलामा जुम्ली घोडाको राम्रो व्यापार हुँदै आएको भए पनि पछिल्ला केही वर्षयता जुम्ली घोडाको माग घटेर व्यापार ओरालो लागेको छ ।
प्राकृतिक महत्त्वका तालहरू संरक्षण अभावमा मासिँदै गएका छन् । दुहुँ गाउँपालिका २ र नौगाढ गाउँपालिका १ को सीमा क्षेत्रमा रहेका यस्ता तीनवटा ताल नासिँदै गएका हुन् ।
पञ्चायतकालमै निर्माण भएको दुहु गाउँपालिका–१ भाडीस्थित झोलुंगे पुलको संरक्षण नहुँदा जीर्ण बनेको छ । दैनिक सयौंले आवतजावत गर्ने उक्त पुलको मर्मतसम्भार हुन सकेको छैन ।