सम्झना वाग्ले भट्टराई

बलात्कारको ‘क्याटलिस्ट’

४३ वर्षकी राधिका केसी (नाम परिवर्तन) लाई चार/पाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी गर्दैछिन् । सत्र वर्षको उमेरमा मागी बिहे गरेकी उनका श्रीमान अहिले ४५ वर्ष पुगे ।

सवारीले सास्ती

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन विशिष्ट पाहुना काठमाडौं आएका छन् । त्यसै त काठमाडौंका सडक व्यस्त छन् । त्यसमाथि विशिष्ट पाहुनाको सुरक्षा संवेदनशीलताले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मानिस सास्ती खेप्न बाध्य छन् ।

भड्किलो तीज : उत्ताउलो गीत

सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेसका स्न्याक्स र ड्रिंक्स आदिका विविध रूपमा बजार हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ । वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगिमामा प्रस्तुत भइरहेका गीतका भिजुअलहरू प्रत्यक्ष–अप्रत्यक्ष पुँजीवादी उत्पादनका प्रचार सामग्री भइरहेका छन् ।

बलात्कार विमर्श

कतिपय घटना र यिनका पृष्ठभूमिका अगाडि तथ्यांकहरू निरीह लाग्छन् । तथ्यहरू आफैं छरपस्ट र डरमर्दा हुन्छन् । जस्तो– पछिल्लो समय विभिन्न सञ्चार माध्यममा आइरहेका बलात्कारपछि हत्याका यस्ता छन्, जसले हाम्रो समय र समाजको कुरूप तस्बिर देखाइरहेको छ ।

बालबिहेले बिथोलेको जीवन

चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको हात्तीवाङमा हामी पुग्दा विष्णुमायालाई हतार थियो । चिटिक्क लुगा र मेकअपमा ठाँटिएकी उनी कसैको प्रतीक्षामा थिइन् । भान्साबाट खानाको मिठो बास्ना आइरहेको थियो । उनका आँखा अधैर्य थिए र तारन्तार बाटोतर्फ कसैलाई खोजिरहेका थिए ।

सम्झना वाग्ले भट्टराईका लेखहरु :

सामाजिक मनोविज्ञान र भ्रष्टाचार

सुनेको कुरा : यो त्यतिखेरको कुरा हो रे, जतिबेला नेपाल (काठमाडौं ?) मा अहिलेका जस्ता संस्थागत न्यायिक व्यवस्था थिएन । तर त्यतिबेला पनि खराब काम गर्ने, भ्रष्ट आचार भएका व्यक्ति हुने गर्थे । त्यस्ता भ्रष्टहरूलाई उनीहरूको खराब कर्म कबुल गराउन कालभैरवको अगाडि लगेर बकाइने गरिन्थ्यो रे ।

समृद्धिको सपना र हाम्रा बुद्धिजीवी

पहिलो संविधानसभा निर्वाचनपछिको समय थियो । कुनै एकेडेमिक कार्यक्रमको शून्य समयमा राजनीतिक विषयमा छलफल चलिरहेको थियो । छलफलको केन्द्रमा निर्वाचनबाट पहिलो पार्टी बनेको माओवादी थियो ।

फेरि आफ्नै कुरा 

कक्षा ११ पढ्दाको कुरा हो, दाइ र म काठमाडौं नयाँबजारमा कोठा गरेर बस्थ्यौं । दाइ र मेरो दुवैको बिहानीको कलेज । दाइ दिउँसो अफिस जान्थ्यो । भर्खरभर्खर आएको काठमाडौं बिरानो लाग्थ्यो । घुम्न जान पनि खासै ठाउँहरू चिनेको थिइन ।

एउटा सहरको कथा

विसं २०६५ मा नयाँ बुहारीको रूपमा बन्दीपुर गएपछि मलाई सबैभन्दा प्रभावित पारेको कुरो थियो यहाँका कलात्मक घरहरू, बजारको सफाइ र यहाँबाट देखिने सुन्दर दृश्यहरू । ढुङ्गाको छाना भएका काठ र इँटाका घरहरू, मिलाएर ढुङ्गा छापिएको सफा बाटोमा परम्परागत जात्रामा झुमिरहेको बन्दीपुर देख्दा आदिम सभ्यतासँग साक्षात्कार भएझैँ लाग्थ्यो । भदौको सुरुदेखि नै जब खेतीको कामबाट अलिकति फुर्सद मिल्न थाल्छ, दैनिकजस्तै हुने जात्राहरूमा विविध बाजाका साथमा झुल्न थाल्छन् बन्दीपुरेहरू । र बन्दीपुर यिनै कुराहरू नै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्छन् ।

एक महिलाको साविती

छोरो सानै छ । २ कक्षामा पढ्छ । हामी श्रीमान्–श्रीमती नै जागिरे । दुवै जनाले काम नगरे काठमाडौंको बसाइ अनि यो महँगी, जीवन धान्न कठिन हुनु स्वाभाविकै हो । अलि–अलि बचाउन सके, जीवनभरमा नै भए पनि काठमाडौंमा आफ्नै घर, यो पनि त सपना छँदै छ । काम आवश्यकता पनि हो बाध्यता पनि । मेरोजस्तै पारिवारिक, सामाजिक तथा आर्थिक पृष्ठभूमि भएका धेरैको यस्तो हुन्छ नै ।