तस्बिर : सन्जोग मानन्धर

बल्खुकाे वितण्डा हेर्नुहोस् २५ तस्बिरमा

लगातार वर्षाका कारण उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन् ।

गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]

गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयकको विरोधमा नेवा मुस्लिम समाज पनि आन्दोलित भएको छ । नेवा मुस्लिम समाजले इन्द्रचोकमा कोणसभा गर्दै सरकारले स‌ंसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकले काठमाडौं उपत्यकाको संस्कृतिलाई ध्वस्त बनाउने बताएका थिए । उनीहरुले विधेयक खारेजको माग गरेका छन् । उक्त कार्यक्रमा इन्द्रचोक, असन लगायतका क्षेत्रमा बसोबास गर्ने मुसालमान समुदायका अगुवाहरुले सहभागिता जनाएका थिए ।

प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन

युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । गौतम पक्राउविरुद्धमा स्वतन्त्ररुपमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले 'फ्रि प्रनेश', 'नराम्रोलाई नराम्रो भन्न् किन नपाउने ?', 'नेपालि फिल्म इण्डस्ट्रिजको दादागिरी बन्द गर' लगायतका प्ले कार्ड बोकेका थिए । यसैगरी अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा कालो टेप टाँसेर प्रक्राउको विरोध गरिएको थियो ।

काठमाडौंको इद उल-फित्र [तस्बिरहरु]

इस्लाम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उल-फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि बुधबार बिहानदेखि इद उल-फित्र पर्व मनाउन लागिएको हो । सोही अवसरका काठमाडौंको रत्नपार्कस्थित जामे मस्जिद र घण्टाघरस्थित काश्मिरी मस्जिदमा देखिएका केही तस्बिरहरु :

तस्बिर : सन्जोग मानन्धरका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।