स्वरूप आचार्य

आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

स्वरूप आचार्यका लेखहरु :

यूएईमा बाढी : क्लाइमेट चेन्ज कि क्लाउड सिडिङ ?

गत मंगलबार यूएई र ओमानमा ७५ वर्षयताकै भारी वर्षाका कारण बाढी आयो । वर्षभर औसत ५ इन्च जति पानी पर्ने यी देशमा एकै दिन करिब १० इन्च वर्षा मापन गरिएको थियो ।

४० वर्षअघि ग्रामीण बस्तीसम्म बत्ती पुर्‍याउन खटिएको नर्वेजियन जोडी

सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’

विरहका भाका बोल्ने फिरन्ते गायक

नीलो ट्रेकिङ ब्यागको साइड पाकेटमा उकुलेले अड्काइएको थियो । एक जोडी बुट त्यसैको तुनाले झोलामै बाँधिएको थियो । ढोरपाटनतिर जानका लागि देवेन्द्र बब्लु तयार थिए । ‘घाटु हुँदै छ । त्यही हेर्न जान लागेको,’ उनले अर्थ्याए, ‘मुड चल्यो भने ढोरपाटनतिरै घुम्न जान पनि सक्छु । अहिले तीन–चार दिनका लागि भनेको हो । तर, धेरै दिन पनि लाग्न सक्छ । मेरो ठेगान केही छैन ।’

अक्षर नचिनेकी शिक्षित आमा

खानेकुराको मीठो बास्ना आउनेबित्तिकै डा. ओममूर्ति अनिललाई आमा (माई) को याद आइहाल्छ । आमाले उमेर र स्वास्थ्यका कारण पकाउन छाडेको केही वर्ष भइसक्यो । ‘आमाले खुब मीठो मासु पकाउनुहुन्थ्यो । तर, उहाँले मासु खानु हुन्न,’ डा. अनिलले भने । उनले आमाले पकाएको खानाको बयान गरिरहँदा आमा भने सँगै सोफामा बसेर मुस्कुराइरहेकी थिइन् ।

दुई चिकित्सकको मित्रताले खुलेको नयाँ आयाम

अस्ट्रेलियाको ब्रिस्बेनस्थित क्विन्सल्यान्ड बाल अस्पतालका सर्जरी विभाग प्रमुख डा. स्टुअर्ट बेड गत साता काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे । पहिलो पटक अस्पताल परिसरमा पुग्दै गर्दा भने उनी निकै अचम्मित भए । त्यहाँको वस्तुस्थितिबारे आफूले केही भेउ पाउन नसकेको स्टुअर्टले बताए । 

सधैं एकान्तमा नवीन के

मिड नाइन्टिज र अर्ली ट्वाइन्टिज जेनेरेसनका लागि नवीन के भट्टराई सांगीतिक आइकन हुन् । उनले यस अवधिमा सयौं गीत कम्पोज गरेका छन् भने दर्जनौं गाएका छन् । आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई...’ सुन्दा उनी एकान्तमा जहिले पनि नोस्टाल्जिक बन्छन् ।

स्वास्थ्यमन्त्रीमा दोहोरिएका यादवका चुनौती

हरेक पटक मन्त्रिपरिषद् फेरबदल हुँदा प्रायः प्राथमिकतामा नपर्ने मन्त्रालयमध्ये एउटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि हो । यो पटकको मन्त्रिपरिषद् फेरबदलमा पनि यस मन्त्रालयले अन्तिममा मात्रै नेतृत्व पायो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसको जिम्मेवारी सम्हालेका छन् । 

४० देशका  नागरिकको आँखामा तिलगंगाको लेन्स

गत बिहीबार डा. सन्दुक रुइतलाई भेट्दा उनमा एक प्रकारको छटपटी देखिन्थ्यो । सधैं हँसिलो देखिने उनको मुहारमा गम्भीर चिन्तनको थकान थियो । डा. रुइतमा अहिले वार्षिक साढे चार लाख लेन्स उत्पादन गर्ने ल्याब्रोटरीलाई मुनाफा वितरण नगर्ने तर आर्थिक रूपमा दिगो उद्योग बनाउने हुटहुटी जागेको छ । नवीन जीवनलाई संसारमा ल्याउँदा एउटा आमामा हुने ‘प्रसव वेदना’ ले उनलाई पनि गाँजेको छ ।

दुर्लभ रोग ‘एमवाईएच–९’ नेपालमा पनि

कक्षा ३ मा पढ्दै गरेका अविरल शर्मा (परिवर्तित नाम) झन्डै १० वर्षका भए । शारीरिक रूपमा उनी अन्य सामान्य बालबालिकाभन्दा भिन्न देखिन्नन् । तर, उनी प्रायः एक्लै बस्न रुचाउँछन् । अत्यन्तै दुर्लभ मानिने ‘जेनेटिक म्युटेसन एमवाईएच-९’ (आनुवंशिक उत्परिवर्तन) नामक रोगका कारण उनी आफ्नै उमेर समूहका बालबालिकासँग पनि घुलमिल हुन रुचि देखाउँदैनन् ।

नेपाली चिकित्सकको परीक्षा रद्दमा निषेधाज्ञा दिन अस्वीकार

अमेरिकास्थित डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बिया, वासिङ्टनले युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय ३२ जना नेपाली परीक्षार्थीको नतिजा रद्द गरेको विषयमा निषेधाज्ञा दिन अस्वीकार गरेको छ ।