२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विश्वास नेपाली

विश्वास नेपालीका लेखहरु :

समृद्धिको आधार : भूमि सुधार 

प्रजातन्त्रपछिको सात दशकमा राजनीतिक दलको प्रमुख एजेन्डा नै भूमि सुधार हुँदै आयो । ‘जसको जोत उसको पोत’ को नारा व्यापक उठ्यो । जमिन जोत्नेले पाउनुपर्छ भन्ने माग अहिले पनि उत्तिकै सान्दर्भिक छ । नेपाली समाजमा भूमिको महत्त्व मानिसका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षका विकासका साथै समग्र विकास, गरिबी न्यूनीकरण, जीविकोपार्जन लगायतसँग घनिष्ठ रूपमा जोडिएको छ ।

आखिर के छ जातमा ?

आखिर जातमा के छ ? मानिसबीच फरक के छ ? मानिसले अर्को आफूजस्तैलाई विभेद गर्न कसरी सक्छ ? के फरक जातिको रगत पनि फरक हुन्छ ? फरक जातिको खाना, पानी, हावाको रूप–रङ र स्वाद पनि फरक हुन्छ ? धर्तीले जातअनुसार फरक व्यवहार गर्छ ? पक्कै गर्दैन प्रकृतिले कसैलाई भेदभाव गर्दैन । तर, वेशभूषा, भाषा, रूप, रङ र वर्णको आधारमा मानिसले विभेद गर्छन् । हाम्रो समाजमा एउटा वर्ग विभेदकारी छ, अर्को सहनशील । अमिल्दो कुप्रथा समाजमा टिकिराखेको छ । किन ? 

भूकम्पले बास उडायो, राज्यले सपना

कहिले वर्षात् । कहिले बाढी । कहिले चर्को घाम । बाँसको खाँबो । जस्तापाताको छानो । कतैकतै त्रिपालले घेरिएको । घाम लाग्दा पोल्छ अनि उखरमाउलो गर्मी हुन्छ । पानी पर्दा चुहिन्छ । चिसो मौसममा शीत पर्छ । पानी झर्छ । साँघुरो बस्ती । थोरै जमिनमा लहरै टहरा । परिवार धेरै । बास सानो र साँघुरो । रसुवाको खाल्टेका भूकम्पपीडितहरूको भोगाइ आठ वर्षदेखि यस्तै छ ।

किसानबाट टाढिँदै कृषि र भूमि

विश्व जनसंख्या ८ अर्ब नाघेको छ । विश्व भोकमरी सूचक प्रतिवेदन–२०२२ अनुसार, ८२ करोड ८० लाख मानिस भोकमरीको चपेटामा छन् । हरेक वर्ष ९० लाख मानिस भोकमरीका कारण मृत्युशय्यामा पुग्छन् । नेपाल विश्व भोकमरी सूचीमा १२१ देशमध्ये ८१ औं स्थानमा छ । 

लघुवित्तको ऋण गरिबलाई गलपासो

पछिल्लो समय लघुवित्तको ऋण र यसले नेपाली समाजमा पारिरहेको असर लगातार चर्चाको विषय बनेको छ । लघुवित्त पीडितको संख्या र समस्या भयावह छ । र, यसविरुद्ध संगठित आन्दोलन अघि बढ्न खोजेको छनक पाइन्छ । देशैभरि पीडितहरू आन्दोलित छन् । ग्रामीणवासीको समृद्धिका लागि सहयोग गर्ने उद्देश्यले उदाएका लघुवित्तहरूले छोटो समयमै मोटो रकम कमाउने बाटो लिएकाले यसको सुधारका लागि पहल गर्नु आवश्यक छ ।

सुकुम्बासी समस्या होइनन्

थापाथलीको सुकुम्बासी बस्ती हटाउन मंसिर १२ मा काठमाडौं महानगरको डोजर पुगेपछि भिडन्तको स्थिति सृजना भयो । सुकुम्बासीहरू प्रतिकारमा उत्रिए, नगर प्रहरी लगायत धेरै घाइते भए । यस घटनापछि देशैभरिका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगर, वाग्मती सभ्यता एकीकृत विकास समिति तथा सुकुम्बासीहरूको पक्ष–विपक्षमा अनेक टीकाटिप्पणी भइरहेका छन् । सुकुम्बासीप्रतिको राज्यको नीति, तिनलाई यसरी लखेट्न हुने वा नहुने भन्ने बहस पुनः सुरु भएको छ ।

सर्वहारावर्गबाट टाढिँदै छ सत्ता र शक्ति

लोकतन्त्रको सुन्दर र सुखद् पक्ष भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक शासन व्यवस्था यस्तो व्यवस्था हो, जहाँ जनता आफैँ शासित हुन र प्रतिनिधि चयन गर्न भोट गर्छन्; यसरी चुनिएका प्रतिनिधिबाट आफैँ शासित हुन्छन् । 

सर्वहारा वर्गबाट टाढिँदैछ सत्ता र शक्ति

लोकतन्त्रको सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो । लोकतान्त्रिक शासन व्यवस्था यस्तो व्यवस्था हो, जहाँ जनता आफै शासित हुन, प्रतिनिधि चयन गर्न भोट गर्छन्, यसरी चुनिएका प्रतिनिधिबाट आफैं शासित हुन्छन् । 

जो किसानहरूका लागि लडे

संयोग नै हो, फरक पृष्ठभूमिका किसान नेताहरू भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको स्मृति दिवस साउन १७ मै पर्छ । यी नामहरू नेपाली किसान आन्दोलनमा अपरिचित होइनन् । यी तीनै व्यक्ति आफ्नो जीवनकालमा नेपाली किसान, गरिब र मजदुरका पक्षमा निरन्तर आवाज उठाइरहने निडर नेताका रूपमा परिचित छन् ।

बिर्तापीडित किसानलाई सुन्दैन सरकार

रसुवा कालिका–३ का प्रेमनाथ अगस्ती र उनको पुस्तौंदेखि बसोबास र खेती गर्दै आएको जमिन बिर्ता छ । उनी भूमिहीनसरह छन्, लालपुर्जा छैन । लालपुर्जा लिन संघर्ष गरिरहेका छन् । रसुवाकै उत्तरगया–४ की शान्ता ग्लान बिर्ता रैकर गराउन २०६४ सालदेखि भूमि अधिकार आन्दोलनमा संगठित छिन् तर अहिलेसम्म लालपुर्जा पाउन नसकेकोमा दुःख व्यक्त गर्दै भन्छिन्, ‘सरकारले किसानको वेदना सुनेन ।’