१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रभाकर गौतम

प्रभाकर गौतमका लेखहरु :

सहरका प्रत्येक मान्छे ‘सेल्सम्यान’

‘थिंक बिग, अचिभ बिग !’ आफ्नो सेल्सम्यानसिपमा विश्वस्त वीरेन प्रताप कार्की जीवनभर यही कुरा दोहोर्‍याइरहन्थ्यो । ऊ जब जवान थियो, कमाउँथ्यो । घरमा छोराहरू बुबा भनेपछि हुरुक्कै हुन्थे । उसका ग्राहक, अफिसका मालिक र अन्य कर्मचारी पनि उसलाई मन पराउँथे । माया र इज्जत दर्साउँथे । अहिले वीरेन प्रताप वृद्ध भएको छ र उसको पुरानो साख खस्केको छ । मानौं, वीरेन प्रताप कुनै बुढो रुख हो र उसको साख भुइँमा झरेर बिलाइजाने सुख्खा पात ।