२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शब्द/तस्बिर : केशव थापा

शब्द/तस्बिर : केशव थापाका लेखहरु :

सार्वजनिक यातायातको सकस

धनगढीका धनीराम चौधरी करिब एक महिनादेखि उपत्यकामा बसेर आफ्नो खुट्टाको उपचार गराइरहेका छन् । लडेर नचल्ने भएको खुट्टाको राजधानीको वीर अस्पतालमा उपचार गराइरहेको उनले बताए । ललितपुरको खुमलटारमा आफन्तको कोठामा बसेर उनी उपचारका लागि दैनिक वीर अस्पताल धाइरहेका छन् ।

कुकुर-बाँदरका रक्षक

कुकुरलाई सुरक्षाको प्रतीकमात्र होइन, आफ्ना सन्तानलाई जत्तिकै माया गर्ने पनि उत्तिकै छन् । ललितपुर कुपन्डोलकी इन्दु महर्जन, काठमाडौं बूढानीलकण्ठकी प्रेमा घले र स्वयम्भूका रमेश घले यसका गतिला उदाहरण हुन् । बूढानीलकण्ठ गल्फुटारमा खाना खुवाउँदै प्रेमा । [पहिलो तस्बिर]

मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा [तस्बिरहरु]

भुटानको लिग च्याम्पियन पारो एफसीलाई ३-२ ले हराउँदै मछिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ । मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र ओलावाले आफिजले १-१ गोल गरे । यसअघिको संस्करणमा श्रीलंकाको ब्लुस्टारसँग पराजित भएको मछिन्द्रले यसपटक भने जित दर्ता गर्‍यो ।

उभौलीको उमंग

किरात समुदायका युवायुवतीदेखि वयष्कहरूले साकेला नाचेर धुमधामसाथ उभौली पर्व मनाएका छन् । शनिबार काठमाडौंको टुँडिखेलमा भेला भएर उनीहरूले आपसमा खुसी बाँडेका हुन् ।

रेडियो कान्तिपुरको 'होली हंगामा' [तस्बिरहरु]

फागु पूर्णिमाको अवसरमा रेडियो कान्तिपुरले बिहीबार होली कार्यक्रम आयोजना गरेको छ । पुल्चोकस्थित रेडियो स्टेशन परिसरमा 'होली हंगामा' कार्यक्रम ‍ लोकप्रिय कलाकारहरुको जमघटमा मनाइएको हो । कार्यक्रममा धर्मेन्द्र सेवान, कमल क्षेत्री, शान्तिश्री परियार, विश्व नेपाली, बालेन शाह, प्रिती कौर, आभाष लाभले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै हास्यव्यंग्य कलाकार राजाराजेन्द्रको प्रस्तुतिले कार्यक्रम थप रमाइलो बनेको सहभागीले बताएका छन् ।