२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

नागढुंगा सुरुङमार्गमा 'ब्रेक थ्रु' [तस्बिरहरु]

निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

सशस्त्र प्रहरीको गोदामघरमा आगलागी [तस्बिरहरु]

सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार दिउँसो आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बुस्थित घरमा आगो लागेको हो । आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

आकाशमा बादल हेरी टोलाइरहने आमाको स्मृति

निकोटिनले पहेंलिएका औंलाका यादहरू गाढा भएर आउँछन् आजकल । ती औंलाहरूजस्तै पहेंला थिए उदासीका कहालीलाग्दा आमाका दिनहरू । बितिगएका ती दिनको कल्पनामा राजेश हमाल देख्छन्, एउटा तस्बिर, दुई औंलाका कापमा च्यापिएको ५५५ चुरोट अनि अकासिँदो एक मुस्लो धूवाँ । 

सिंहदरबार गेटमा आरती साहकी आमालाई लछारपछार [तस्बिरहरू]

न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन् । प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लग्यो ।

बल्खुमा प्रसाईं समूह र युवा संघबीच झडप [तस्बिरहरू]

नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्ता र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक बिच केही बेर ढुंगामुढा भएको थियो । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थक बिच झडप भएको थियो । झडपपछि अहिले माहोल केही शान्त भएको छ । प्रसाईं समूहले बल्खु चोकमा प्रदर्शन गरिरहेको छ ।

प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि बल्खुमा ढुंगामुढा 

नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । 

काठमाडौं उपत्यकामा छठ [तस्बिरहरू]

काठमाडौंको कमलपोखरी, गुह्येश्वरीको गौरीघाट, कुपण्डोललगायतका स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा भइरहेको छ । काठमाडौं महानगरपालिकाद्वारा कमलपोखरीमा आयोजित छठपूजामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले समेत छठीमाताको पूजा गरेका छन् । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिंगारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए । काठमाडौं उपत्यकमा छठ मनाउँदै गरेका तस्बिरहरू :

गुल्शन र रोहितको अर्धशतक, नेपालद्वारा ओमानलाई १८५ रनको लक्ष्य

गुल्शन झाको आक्रामक र कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण अर्धशतकमा नेपालले ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा ओमानलाई १ सय ८५ रनको लक्ष्य दिन सफल भएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णयमा गुल्शनले रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८४ रन बनाएको हो ।

इजरायलमा युद्धको घाउ

प्यालेस्टाइनको विद्रोही समूह हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ । जवाफी कारबाहीस्वरुप इजरायलले पनि हमास सक्रिय रहेको गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको नाकाबन्दीका कारण ठूलो मानवीय संकट र त्रासदी छ ।

ग्राउन्ड जिरो रिपोर्टिङ : छिनमै तहसनहस भएको थियो नेपाली बसेको बस्ती

चार सय जना इजरायली किसान परिवार बस्ने निर्वज किबुज यतिखेर रित्तो छ । यो सानो गाउँमा फेरि पहिलेजस्तै गरी स्थानीय आएर बस्ने कुनै निश्चित छैन ।