राेयटर्स

पोल्यान्ड–कोलम्बिया

मिडफिल्डर कार्लोस सान्चेजमाथि ज्यानमार्ने धम्कीको अनुसन्धानले तयारी छायाँमा परेको कोलम्बियाले जित्नैपर्ने दबाबसहित विश्वककपको समूह ‘एच’ मा आइतबार पोल्यान्डको सामना गर्दै छ ।

तस्बिरमा ट्रम्प-किमको शिखर वार्ता

विश्व जगत नै अाश्चर्यचकित हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच 'बृहत्' सम्झौतामा हस्ताक्षर भएको छ । उनीहरु बीच सिंगापुरको भएको वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । ट्रम्प-किम शिखर वार्ताको सुरुदेखि अन्त्यसम्मका तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

ट्रम्प र किमद्वारा 'बृहत्' सम्झौतामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले 'बृहत्' सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।

होन्डुरसमा ७.६ रेक्टरको भूकम्प

मध्य अमेरिकाको होन्डुरसको उत्तरमास्थित क्यारिबियन समुद्रमा केहीसमय अघि ७‍.६म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अध्ययन संस्था (यूएसजीएस)ले जनाएको छ । भूकम्प गएसँगै त्यहाँ 'प्यासिफिक सुनामी वार्निङ सेन्टर'ले त्यहाँ वरपर पर्ने स्थानमा सुनामी आउनसक्ने चेतावनी दिएको थियो।

मेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)

दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।

राेयटर्सका लेखहरु :

उत्तर कोरियाले भन्यो– ग्वाममा मिसाइल आक्रमण गर्ने बारे विचार गरिँदै छ

उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ छलफल भइरहेको बताएका थिए ।

चीनमा दुई शक्तिशाली भूकम्प, १९ को मृत्यु, २४७ घाइते

पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुवान प्रान्तको जिउजाइगुउमा शक्तिशाली भूकम्पमा परी १९ जनाको मृत्यु भएको छ । यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

६९ वर्षमा एसईई परीक्षा दिने वृद्धको दैनिकी २० फोटोमा हेर्नुहोस्

स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल छन् । स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत कामीले आफ्ना नातिनातिना सरहकाहरुसँगै परीक्षामा सामेल भएका हुन् ।