जीवन क्षेत्री

प्रेम, विवाह र प्रेम–विवाह

विवाह के हो ? यो प्रश्नको मोटामोटी सबैलाई चित्त बुझ्ने उत्तर तयार पार्नु सम्भव छ । तर ‘प्रेम के हो ?’ भन्ने प्रश्नको सबै वा धेरैजसोलाई समेत चित्त बुझ्ने जवाफ दिनबाट ठूल्ठूला साहित्यकार र दार्शनिकसमेत चुकेका छन् ।

मुद्दा सुमार्गीसंग, ‘सेटिंग’ ओलीसंग ! 

एमाले अध्यक्ष ओलीप्रति मलाई एउटा विषयमा सहानुभुति छ । उनी निर्विवाद नेपालका सबैभन्दा प्रष्टवक्ता राजनीतिज्ञ हुन् । विम्ब र उखानहरुले उनका भनाइलाई पेचिला जरुर बनाउँछन् तर तिनको उपयोग उनले आफ्ना कुरालाई गोलमटोल बनाउन प्रयोग गर्दैनन् बरु झन् तिखार्न प्रयोग गर्छन् । 

गोपाल पराजुलीसँगै अब कठघरामा नेपाल बार एसोशिएसन

सुशासनका लागि वाचडगको भुमिकामा हुनुपर्ने अरु धेरै निकायजस्तै नेपाल बार एशोसिएसन पनि जुन पार्टीले चुनाव जितेको हो, त्यसैको संकीर्ण स्वार्थमा चल्ने आम अभ्यास भइसकेको छ । त्यो हाम्रा समग्र संस्थाहरुको भ्रष्टीकरण, क्षयीकरण र स्खलनको दुखद यथार्थ बनिसकेको छ ।

स्वच्छ उम्मेद्वारलाई मात्र जिताऔं

अहिले देश चुनावमय छ । राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरुलाई भोट माग्ने चटारो छ । चुनावको दिन नजिकिंदै गर्दा मतदाताहरुले चाहिं आफैंलाई एउटा प्रश्न सोध्न जरुरी छ: यो सब हतारोमा कतै हामीले मत हाल्नु अगाडि नगरी नहुने मन्थन गरेका छौं त?

मेडिकल शिक्षामा बाम गठबन्धनको ‘राज्य कब्जा’

एमाले र माओवादीले चुनावी गठबन्धन र एकताको घोषणा गर्दा देशको राजनीतिमा पर्न जाने दुई सकारात्मक परिणामहरु मेरो मनमा आएका थिए ।एक, बाँकी जे भए पनि यो राजनीतिक स्थिरतातिरको यात्रा थियो । दुई, काँग्रेस अहिले देउवाको नेतृत्वमा जसरी चलिरहेको छ, त्यसलाई एक चरण पाठ पढाउन पनि यस्तो तालमेल वा ध्रुवीकरण आवश्यक थियो ।

जीवन क्षेत्रीका लेखहरु :

ती दिदी, यी दिदी

दर्दके फूल भी, खिल्ते हें, बिखर जाते हेंजख्म कैसे भी हों, कुछ रोज में भर जाते हेंपीडाका फूल पनि जसरी फुल्छन्, उसरी नै वैलाएर झर्छन् । जसरी शरीरको घाउ समयक्रममा भरिएरै छाड्छ, उसै गरी मनको घाउ पनि समयसँगै निको भएर जान्छ अनि सुखजस्तै दु:ख पनि मानव जीवनमा सदाकालीन हुँदैन ।

नेपालमा ट्रम्पीय यथार्थको आतंक

यसपल्टको साहित्य महोत्सवमा भाग लिएपछि पोखराबाट चितवन फर्कन मैले अलि अनौठो बाटो रोजें । त्यहाँबाट पर्वत सदरमुकाम कुष्मा पुगेपछि त्यहाँदेखि बुटवलसम्म पैदल पुगें । सडकमार्ग त्यस्तै २२० किलोमिटर रहेकोमा मैले पहाडको अर्कै फेरो लगाएर कम्तीमा २०० किमि हिँडेछु । हाम्रा बाबुबाजेले वर्षको एकपल्ट नुन, मट्टितेल र लुगाफाटो किन्नलाई धाउने गरेको बाटो थियो त्यो ।

लोकमान बचाउन न्यायालयविरुद्ध चलखेल?

अचानक फोन आयो, एमाले र माओवादीका १५७ जना सांसदहरु मिलेर लोकमानविरुद्ध महाभियोगको प्रस्ताव दर्ता मात्र गरेनन्, उनलाई निलम्बन गर्ने प्रक्रियासमेत पुर्याइयो भनेर । अलिकति दुख र धेरै खुशी लाग्यो । दुख यस अर्थमा कि विगत महिना दिनसम्म पैताला खियाएर महाभियोगको प्रक्रिया शुरु गर्न पाँच जना सांसद जुटाएको काम लागेन । खुशी लाग्नु त स्वभाविक नै थियो, महाभियोगको प्रक्रिया शुरु भएको मात्र नभई लोकमान निलम्बनमै परिसकेका थिए र पार्टीहरुले जे धेरै अगाडि गर्नुपर्ने थियो, अन्ततः त्यही गरेका थिए ।