१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पर्वत पाेर्तेल

पर्वत पाेर्तेलका लेखहरु :

‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा नेपाली भ्लगर सिक्किममा पक्राउ

‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई शुक्रबार सिक्किमको राजधानी गान्तोकबाट पक्राउ गरिएको हो । 

एकीकृत समाजवादीको मेची–महाकाली जागरण अभियान सुरू

नेकपा (एकीकृत समाजवादी) मेची–महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आइतबार देशको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो ।

भन्सार ऐन र नियमावली संशोधनमा एजेन्ट प्रतिनिधिको आपत्ति

अर्थ मन्त्रालयद्वारा जेठ १५ मा प्रस्तुत आर्थिक विधेयकमार्फत भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ संशोधन गरी ‘वा प्रतिनिधि’ भन्ने शब्द हटाइएकोप्रति देशभरका भन्सार एजेन्ट प्रतिनिधिले आपत्ति जनाएका छन् ।

झापा आन्दोलनका नेता नरेश खरेलले एमाले छाडे

नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् । खरेल एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् । 

बंगलादेशी नागरिकको आशंकामा भारतीय जेलमा रहेकी नेपाली महिला छुटिन् 

करिब चार वर्षदेखि बंगलादेशी भएको आशंकामा भारतको जेलमा बन्दी जीवन बिताइरहेकी एक नेपाली मुस्लिम महिला सोमबार छुटेकी छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र बाल सुरक्षा अभियान नामक सामाजिक संस्थाको पहलमा  हरिपुर नगरपालिका–६ सर्लाहीकी ६२ वर्षीया जन्नत खातुन लहेरी भारत असमस्थित सिल्जर केन्द्रीय कारागारबाट मुक्त भएकी हुन् । 

जहाँ खोला तर्न शूल्क तिर्नुपर्छ

झापाका धेरैजसो खोला तर्न स्थानीयहरूले शूल्क तिर्नुपर्छ । खासगरी दक्षिणी झापाका सर्वसाधारण बाँसको फड्के तर्न र डुंगा चढ्न शूल्क तिर्न बाध्य छन् ।

सिक्किमका नेपालीभाषीमाथि भारतीय अदालतले गरेको विवादास्पद टिप्पणी सच्यायो

चौतर्फी आन्दोलन र दबाबपछि भारतको सर्वोच्च अदालतले हालै गरेको एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

सिक्किममा गुन्जिए यश कुमार

नेपाली गायक तथा अभिनेता यशकुमार भारतको हिमाली राज्य सिक्किमको पश्चिमी भूभाग बर्मेकमा गुन्जिए । यो भेगमा पहिलो पटक आयोजित ‘दसक सांस्कृतिक महा–उत्सव’ मा यश कुमारले आधा दर्जन बढी आफ्ना नयाँपुराना सिर्जना सुनाए ।

केपी ओलीको छैटौं जित : दोब्बरभन्दा बढी मतान्तरले विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

झापा-५ मा ओली दोब्बर मतले अगाडि 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतको अग्रता कायम गरेका छन् ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र–५ का उम्मेदवार ओलीले ३६ हजार ४ सय ८८ मत पाएका छन् ।