बसन्तप्रताप सिंह

चैनपुर-ताक्लाकोट सडक निर्माण सुस्त

सुदूपश्चिम प्रदेशको समृद्धिको मार्ग मानिएको चीनको तिब्बत जोड्ने चैनपुर-ताक्लाकोट सडक निर्माणले गति लिन सकेको छैन । सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निमार्णका लागि दुईवटा कम्पनीले काम गरिरहे पनि भौतिक प्रगति सन्तोषजनक नभएको सडक आयोजना कार्यालयले जनाएको छ । 

बचतको रकमबाट महिलाले बनाए छाउगोठ

बझाङको साइपाल गाउँपालिकाका महिलाले मासिक बचत गरेको रकमबाट छाउगोठ निर्माण गरेका छन् । गाउँपालिकाले जवरजस्ती छाउगोठ भत्काई दिएपछि महिनावारीका बेला उनीहरू ओडारमा बस्दै आएका थिए । गत वर्ष छाउपडी प्रथा विरुद्धको अभियानका क्रममा गाउँपालिकाले यहाँका छाउगोठहरू भत्काएको थियो । 

पैंचोको भरमा बझाङको उत्तरी सीमा धुलीमा बसेका प्रहरीलाई खाद्यान्न पठाइयो 

उत्तरी सीमामा रहेको धुली प्रहरी चौकीका प्रहरीको लागि खाद्यान्न पठाइएको छ । सीमा सुरक्षामा खटिएका प्रहरीहरुको विजोगबारे जानकारी पाए लगतै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीहरुका लागि खाद्यान्न आपूर्ति सहज बनाउन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । 

जन्ती बोकेको जिप दुर्घटनामा एकको मृत्यु, ११ घाइते 

जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मेलास्थलबाट विस्फोटक पदार्थ बरामद 

जिल्लाकै प्रशिद्ध मेलाको रुपमा रहेको चैतलीको मेलास्थलबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ । छविसपाथीभेरा गाउँपालिका-३ बान्नीचउर नजिकैको जंगलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले छोडेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।

बसन्तप्रताप सिंहका लेखहरु :

चैतलीको कांकर ल्याइयो

मध्य तथा सुदूरपश्चिमको प्रसिद्ध बान्नीकी चैतली मेलाको रौनक सुरु भएको छ । मेला सुरुवातको संकेत स्वरूप ल्याइने तीन गाउँका कांकर (काठको लिङ्गो) ल्याइएको छ । काँक्रेसी भनिने यो मेला भर्नका लागि देश विदेशमा रहेका यहाँका स्थानियबासी गाउँ फर्किएका छन् । 

हत्या अभियुक्त २३ वर्षपछि पक्राउ 

हत्या अभियोगमा सजाय तोकेको २३ वर्ष पछि अभियुक्त पक्राउ परेका छन् । मष्टा गाउँपालिका वडा नं ३ का ४९ वषर्ीय ऐनबहादुर खड्का र ६४ वषर्ीय सिद्धु खड्कालाई २३ वर्ष पछि पक्राउ गरिएको हो । 

बझाङमा हराउँदै भार्ते

तल्कोट–१ सुनिकोटका ५५ बर्षिय प्यारु आउजी भार्ते हुन् । उनले विवाह, वर्तबन्ध र अन्य उत्सबहरुमा गाउने, कथा बाचन गर्ने तथा डमरु बजाउदै नृत्य गर्न थालेको ४५ बर्ष भयो ।

प्रदेश सांसद मल्ल चार घण्टा विप्लव समूहको नियन्त्रणमा  

सुदूरपश्चिमको प्रदेशसभाकी सांसद देवकी मल्ल चार घण्टापछि अपहरणमुक्त भएकी छन् । उनलाई नेकपा (विप्लव समूह) का कार्यकर्ताले शुक्रबार अपहरण गरेर साँझतिर छोडेका हुन् । बुङगल नगरपालिकामा आयोजना भएको नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बिहान ११ बजेतिर ३०/३५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले उनलाई केदारस्युँ गाउँपालिकाको सैन्सुबाट अपहरण गरेका थिए ।

प्रदेश सांसद मल्ललाई अपहरण गरेको विप्लव कार्यकर्ताको स्वीकार, आजै छाडिने

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले अपहरण गरेका छन् । विप्लवका बझाङ जिल्लाका एकजना कमाण्डरले सांसद मल्ल आफूहरूको नियन्त्रणमा रहेको कान्तिपुरलाई जानकारी दिए ।