२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यमुना पराजुली अधिकारी

यमुना पराजुली अधिकारीका लेखहरु :

बालबालिकालाई नबुझ्ने हामी

लगभग बाइस वर्षअघि म विद्यालयमै छँदा, शौचालयमा एक विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनाले समाज नै स्तब्ध थियो । सामान्य गल्तीका कारण शिक्षकले तिनलाई शौचालयमा थुनेका थिए, पछि निकाल्न बिर्सिए । संयोगले दसैं बिदा सुरु हुनुभन्दा अघिल्लो दिन थियो त्यो । त्यस बालकले गृहकार्य नगरेको, कक्षाकोठामा चकचक गरेको वा हदै भए साथीसँग झगडा गरेको न थियो होला ! तर यसका लागि उसलाई त्यति कठोर सजाय दिइयो ।

तब हामीलाई चैन कसरी हुन्छ ?

जबसम्म बालबालिकाले घरमा पिटाइ खान्छन्गल्ली गल्लीको फोहोरमा लडीबुडी गर्छन् विद्यालयमा गाली, चुटाई भेट्छन् तबसम्म मलाई चैन कसरी हुन्छ ? – गिजुभाई (भारतीय शिक्षाविद्) 

प्रकृतिसँग बालबालिका

मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें । 

बालबालिकासँग भर्चुअल छलफल

पहिलो चरणको लकडाउन अन्त्य हुनु थोरै अगाडि हामी स्कुले साथी मिलेर फेसबुक मेसेन्जरमा एउटा ग्रुप बनाएका थियौं । सो ग्रुपमा हामी स्कुलका मात्र नभई बाल्यकालदेखि सँगै हुर्के–बढेका साथी थियौं । कोही त एउटै थालमा भात खाएका साथी पनि थियौं । ग्रुपमा राम्रोसँग गफ जम्न नपाउँदै लकडाउन खुकुलो भयो । सबै आआफ्ना काममा लागियो । कहिलेकाहीँ हाई–हेलोसिबाय केही भएन ।