रासस/सिन्ह्वा

चीनमा कम्युनिष्ट पार्टीका सदस्य ९ करोड

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या ९ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ ।

तालिबानको आक्रमणमा ८ सुरक्षा अधिकारीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राति तालिबान लडाकू समूहको आक्रमणमा कम्तीमा ८ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ ।    

भारतको उत्तर प्रदेशमा वर्षा सहितको हावाहुरी र चट्याङबाट १९ जनाको मृत्यु, ४८ घाइते

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए ।

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदूषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन् । विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गरेका छन् । 

भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रासस/सिन्ह्वाका लेखहरु :

त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

अफगानिस्तानमा सुरक्षाफौज र तालिबानबीच भिडन्त, ७८ जना मारिए

अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए ।

भारतमा बस दुर्घटनामा १० को मृत्यु, २६ घाइते

भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा घाइते भएका २६ मध्ये केहीको अवस्था जटिल रहेको जनाइएको छ । 

इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । 

युक्रेनमा दादुराबाट तीनमहिनायता १४ को मृत्यु, ३२ हजार बढी प्रभावित

युक्रेनमा गएको तीन महिनायता दादुराको प्रकोपका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।