वालिङ नगरपालिका–९ भकुण्डेस्थित ठाडो लाइनमा रहेको वी एण्ड जी बुक्स एण्ड स्टेशनरी सेन्टरमा आगलागी भएको छ । आगलागी हुदाँ पुरा रुपमा स्टेशनरीको क्षति भएको छ ।
क्षयरोग लागेका बिरामीले नियमित औषधि सेवन गर्न नखोज्दा निको हुने रोग पनि दीर्घरोग बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्षयरोगलाई सामान्य रुपमा लिएर नियमित र समयमा औषधि सेवन नगर्दा पछिल्लो समय क्षयरोगकै कारण हुने मृत्युदर बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
चिन्नेबास गाविस–७ का २३ वर्षिय मिलन थापालाई जिल्ला अदालतले जर्वरजस्ती करणी गरेको आरोपमा कैद र जरिवाना सजाय तोकेको छ । तर, उनी हालसम्म पनि फरार रहेको जिल्ला अदालत बताउँछ ।
योङ कम्युनिष्ट लिग नेपाल (वाईसीयल)का केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटाले देशमा आर्थिक समृद्धि ल्याउनको लागि युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रको मेरुदण्ड युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने भन्दै युवाशक्तिलाई आफ्नै जन्मभूमिमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएका छन् । भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भए ।
यहाँका २ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद मरासिनी र दुईमा एमालेकै पदमा अर्याल विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका मरासिनी यसपटक भने प्रतिद्वन्द्वी कांग्रेसका राजु थापालाई १० हजार मतान्तरले पछार्दै विजयी भए ।