२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

गनेस पौडेल

गनेस पौडेलका लेखहरु :

चराहरूलाई मोज छ

प्रिय विपश्वी, गुरु खिन्से नोर्बु रिम्पोछेको फिल्म ‘डाकिनी’ हेरेपछि यो पत्र लेख्दै छु । यति लामो अन्तरालपछि लेख्दै छु कि नेपाली ‘फन्ट’ मा लेख्दा निश्चित अक्षर र चिह्नका लागि कम्युटरमा राखेका ‘सर्टकट की’ के–के थिए भन्ने बिर्सिसकेको रहेछु । मलाई घरी ‘ङ’ ले अड्काउँथ्यो घरी ‘विष्मयाधिबोधक’ ले । घरी आधी ‘र’ ले रन्थन्याउँथ्यो घरी पूरै ‘फ’ ले फसाउँथ्यो । ‘फन्ट’ सँग अड्किरहनुपरेपछि सोचेँ– लुते कुरामा अड्केर बस्नुभन्दा नयाँ बनाउनु ठीक ।

विचारको बजारशास्त्र

भन्छन् नि, ‘काम गर, दुनियाँले तिमीलाई के भन्छ वास्ता नगर ।’ हिन्दीको भनाइ झन् स्वादिलो छ— सबसे बडा रोग, क्या कहेंगे लोग ! प्रेरणा र परामर्शको मेन्युमा आइरहने अचार अभिव्यक्ति हो यो । तर, खास कुरा के हो भने दुनियाँले बनाउने तपाईंमाथिको विचार वा राख्ने तपाईंउपरको धारणा निरपेक्ष हुँदैन ।