हाेम कार्की

कतार भिसा सेन्टरलाई अनुमति 

परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टर (क्यूबीसी) स्थापना गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ । अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउनेछन् । 

चिया मजदुरलाई दुई दिनभित्र तलब दिन निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई  न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ ।

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली र जापानी श्रमिकबीच विभेद नगरेकोले जापान सम्झौता निकै महत्वपूर्ण दस्तावेज भएको बताए ।

१२ देशका श्रम अधिकारीको बैठक काठमाडौंमा शुरू

बैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक काठमाडौंमा बिहीबारबाट शुरू भएको छ । शुक्रबार मन्त्रिस्तरीय बैठक हुनेछ ।

कतारले हटायो ‘एक्जिट परमिट’

कतारले कामदार स्वदेश फर्कंदा रोजगारदाताबाट अनिवार्य अनुमति (एक्जिट परमिट) लिनुपर्ने प्रावधान हटाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले एक्जिट पेपरसम्बन्धी कानुनलाई मंगलबार प्रमाणीकरण गरेका हुन् ।

हाेम कार्कीका लेखहरु :

एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध 

गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ । 

अबदेखि विदेशी कामदारलाई दस्तुर

अबदेखि भारतीय कामदारलाई बिनाअभिलेख र अन्य विदेशी कामदारलाई बिनाश्रम स्वीकृति काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ । सरकारले भारतीय कामदारलाई पहिलोपल्ट अभिलेखीकरण गर्न लागेको हो । साथै, भारतीय र अन्य कामदार राख्न इजाजतस्वरूप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको हो ।

‘म एउटा भगवान् खोजिरहेछु’

साउदीको राजधानी रियादबाट ३ सय १८ किमि टाढा पर्छ, अलहासा । साउदीको पूर्वी क्षेत्रमा पर्ने अलहासास्थित किङ फाहद अस्पतालमा धनुषाका धर्मनाथ पासवान मुुलुक फिर्ने दिन पर्खिरहेका छन् । जबसम्म धर्मनाथले उपचारमा लागेको एक लाख ८५ हजार रियाल (करिब ५१ लाख ८० हजार रुपैयाँ) अस्पताललाई बुझाउँदैनन्, तबसम्म मुलुक फिर्ने बाटो खुल्दैन ।

साउदीमा उमेश यादवलाई मृत्युदण्डको फैसला

साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् ।

साउदीद्वारा लरी चालकलाई कतार छिर्न अनुमति

साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ । कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्‍याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले कान्तिपुरलाई भने ।