१२ वर्षको हुँदासम्म मैले पढ्न पाएको थिइनँ । पहिलो पटक पढ्न थालेपछि मैले शिक्षाको शक्ति अनूभूत गर्न थालेँ । जीवनमा केहीले उज्यालो दिन्छ भने, त्यो शिक्षाले दिन्छ भन्ने महसुस भयो । अपांगताको क्षेत्रमा समावेशी विकास, सामाजिक न्याय, समता निर्माणका लागि शिक्षा अपरिहार्य छ ।