२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शब्द/तस्बिर : हरिहरसिंह राठौर

शब्द/तस्बिर : हरिहरसिंह राठौरका लेखहरु :

कर्णालीमा मेलाको रमझम

कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत मेला र जात्राले रौनकता बढाएको छ । वैशाख पूर्णिमाबाटै सुरु हुने मेलाहरु साउन र भाद्र पूर्णिमा, कोजाग्रत पूर्णिमा, हरिवोधनी एकादशी, मंसिर पूर्णिमा, पुस १५, माघे संक्रान्ति, चैते दसैंलगायत पर्वमा जारी रहने गर्छ ।

रमणीय राराताल आसपासका बस्ती [तस्बिरहरु]

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा चहलपहल बढ्न थालेको छ । हिउँ बिलाउन साथ सडकमार्ग पनि सञ्चालनमा आएपछि फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । रारा घुम्ने मौसमको सुरुवातसँगै आन्तरिक पर्यटक रारा आउन थालेको घोडामा पर्यटक ओसार्दै आएका युवा कमल रावल बताउँछन् । उनका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।

कर्णालीको दामनमा हिउँ खेल्नेको घुइँचो

सुर्खेत-दैलेख सडक खण्डको छेडादेखि रातानाङ्‌लासम्म १५ किलोमिटर उकालो मोडमा शनिबार दिनभर सवारी जाम भयो । प्रदेश ट्राफिक प्रहरीलाई जाम व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उक्त अवस्था आउनुको कारण थियो गुराँसे लेकमा हिउँ खेल्न पुगेका सयौं मोटरसाइकल, निजी कार, भाडाका जीपहरु । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबैभन्दा नजिकै हिमपात हुने करिब २ हजार मिटर उचाईको दैलेख सिमानाको गुराँसे लेक नै हो ।

तस्बिरमा हेरौं, सुर्खेत उपत्यका सेरोफेरो

देशकै सबैभन्दा ठूलो ताल राराको प्रवेशद्वार सुर्खेतमा अहिले कर्णाली प्रदेशको राजधानी छ । राणाकालमा औंलोको निकै प्रकोप रहने भएकोले खासै बस्ती थिएन । बसोबास र सहरीकरण बढेसँगै यो उपत्यका अहिले सुन्दर बनेको छ । वीरेन्द्र नगरपालिका क्षेत्रमा पर्ने यस उपत्यकामा ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि प्रमुख जातिहरु बसोबास गर्छन् । विभिन्न जिल्लाहरुबाट बसाइँ सरी आएकाले यहाँको चालचलन, रीतिथिति/ संस्कृतिमा समेत विविधता पाइन्छ ।