२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

ध्रुव कुमार

ध्रुव कुमारका लेखहरु :

देउवाको हताशा

देउवा सरकार गठन भएको करिब दुई महिने अवधिमा आन्तरिक र बाहृय सम्बन्धमा जसरी नीति निर्णयहरू लिइयो त्यसले राजनीतिक विवाद झनै चर्काएको छ । चालु संसद् अधिवेशन एक्कासी बिसाएर आफू प्रतिपक्षमा छँदा चर्को विरोध गरेको अध्यादेशलाई नै प्रयोग गर्दै प्रधानमन्त्री देउवाले सशक्त प्रतिपक्षी एमालेको आन्तरिक विग्रहलाई पुट दिँदै दल विभाजनमा सघाए, त्यसले उनको सत्ता स्वार्थलाई पूर्णता दियो । तर यसले उनको अवसरवादिता र कार्यकारी शक्ति दुरूपयोग गर्ने चारित्रिक विशेषता पुनः उजागर गरेको छ ।

तालिबानको त्रासदी

अफगानिस्तानमा अमेरिकी असफलता विश्व राजनीतिक सन्दर्भमा अविष्मरणीय सामरिक दुर्घटना भएको छ । सोभियत संघको विसर्जनपछि आफ्नो अतुलनीय शक्तिसामु विश्व झुक्नै पर्छ भन्ने अमेरिकी शासकीय दम्भ अफगानिस्तानको बलौटे भूमिमा ध्वस्त भएको छ । गत २० वर्षदेखि अधिनस्थ रहेको अफगानिस्तानलाई बिचल्लीमा छाडेर जानुपर्ने अवस्था आउनु निःसन्देह नै अमेरिकी शक्ति र्‍हासको अर्को अमेट पराजय भएको छ । तालिवानले कब्जा गरेको अफगानिस्तानमा अलकायदाजस्तो आतंककारी समूहको पुनरागमन हुनसक्ने सम्भावनाबाट अमेरिका झस्किएको छ । सायद अफगानिस्तानबाट फिर्ता हुनुको यो अनपेक्षित परिणाम हुनेछ । 

तुइन काण्ड

२०७४ फागुनमा ओली सरकार गठन भएपछि दुई वर्षभित्रै देशभरिका तुइन हटाउने घोषणा गरेको थियो । २०७८ असारमा ओली सत्ताबाट हटेका छन्, तुइन भने यथावतै रहेको छ । ओलीको असंवैधानिक र अवैधानिक ‘हुकुमी शासन’बाट राहत पाए पनि जनताले तुइनको कष्टकर यात्राबाट मुक्ति पाएका छैनन् । नेपालका कतिपय दुर्गमस्थलबाट बग्ने नदीनाला तर्न पुलको विकल्प तुइन नै यातायातको सुलभ साधन भएको छ । स–साना स्कुले केटाकेटीहरूदेखि बूढापाकाहरूलाई समेत आवतजावत गर्न दुर्गम जिल्लाहरूमा तुइनमात्र उपलब्ध हुँदै आएको छ ।

सी, तिब्बत र भूसंवेदनशीलता

हामी अत्यन्त अन्योलग्रस्त समयमा बाँचिरहेका छौँ । एकातिर वातावरण विनाशको स्पष्ट संकेतहरुसितै कोरोना महामारीबाट मानवजीवन अत्यासलाग्दो र निरस भएको छ । गरिब र पिछडिएका मुलुकहरु मात्र नभई साधनस्रोत सम्पन्न विकसित मुलुकहरुसमेत प्रताडित भएका छन् भने अर्कोतिर चीनको अप्रत्यासित उदयले विश्व रङ्गमञ्चमा सेलाउँदै गएको अमेरिकाको प्रभुत्वबीच वर्चश्वको निम्ति तीव्र प्रतिस्पर्धाका साथै तनाव बढ्नाले विश्व व्यवस्था नै खलबलिएको छ ।

किन ठूला शक्तिराष्ट्रले साना युद्ध हार्छन् ?

अक्सर साना–मसिना युद्धहरू बहुआयामिक अन्तर्राष्ट्रिय राजनीतिमा असान्दर्भिक प्रतीत हुन्छन् । किनभने त्यस्ता युद्धहरू अन्तर्राष्ट्रिय युद्ध नभई राष्ट्रिय स्वतन्त्रताको निम्ति लडिने क्रान्तियुद्ध वा छापामार युद्ध हुन्छन् । अन्तर्राष्ट्रिय सेनाको संलग्नतासहित लडिने युद्ध भए पनि त्यस्ता युद्धलाई साना स्थानीय युद्धकै रूपमा लिइन्छ ।