शब्द/तस्बिर : कुम्भराज राई

शब्द/तस्बिर : कुम्भराज राईका लेखहरु :

तोरीफूलले रंगिएको रामपुर फाँट

मोलुङ गाउँपालिका २ मा पर्ने रामपुर फाँट प्रसस्त खेती हुने फाँट हो । सिँचाइ पुग्दा तीन बालीसम्म उत्पादन हुने रामपुरमा बर्खाको बेला मकै र धानको हरियाली आकर्षक दृश्य देखिन्छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने धानले रामपुर फाँट सुनैसुनले भरिए झैं देखिन्छ । धान भित्र्याइसकेपछि यहाँ किसानले तोरी, आलु, फापर र गहुँ छर्ने गर्छन् ।

वाम्बुले राईहरुले यसरी मनाए ढ्वाङकूम [फोटोफिचर]

वल्लो किरातअन्तर्गत मानेभन्ज्याङ गाउँपालिका ३, उँबु उद्गम थलो रहेका वाम्बुले राई समुदायको महान् चाड ढ्वाङकूम शुक्रबार मनाएका छन् । खासगरी लिब्जु (प्रकृतिका देवता) लाई पूजिने ढ्वाङकूम हजारौं वर्षदेखि मनाउँदै आइएको यस समुदायको ठूलो पर्व हो । सुरुमा २७ घरले एकै ठाउँमा पूजा गरेर सुरु भएको ढ्वाङकूम हिजोआज देशका विभिन्न भागमा रहेका हजारौं वाम्बुले समुदायले दर्जनौं ठाउँमा मनाउँदै आएका छन् ।