प्रकाश पन्थी

पर्यटन प्रवर्द्धनका लागि जापानका गाँउ र नगरमा नेपालको प्रचार

नेपाली कला संस्कृति र सम्पदाबारे जानकारी दिएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले गर्दै आएको प्रचारप्रसार कार्यलाई राजधानी  टोकियोसहित फुकुओकामा पनि गरेको छ ।

जापानमा भएकाे सडक दुर्घटनमा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–६ का ३० वर्षिय किरण सापकोटा रहेका छन् । उनीसगैं रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।

जापानमा सामुहिक टिका

तिहारको अवसर पारेर जापानमा सामुहिक टिका लगाइएको छ । कला संस्कृतिको जर्गेना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले सामुहिक रुपमा टिका थापेका हुन् ।

पीडितका नाममा जापानमा आफूखुसी राहत रकम संकलन

नेपालमा बाढी र पहिरोका कारण घरबार गुमाएका तराईवासीको दिनचर्या यतिबेला सामान्य बन्दै गएको छ । जापानमा उनीहरुका नाममा सहयोगका लागि भन्दै पैसा उठाउने क्रम अझै जारी छ । आइतबार मात्रै नेपाली सेवा समाज गिफुले एक लाखभन्दा बढी जापानीयान उठाएर धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत बाढीपीडितलाई पठाएको जनायो ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि जापानमा प्रचारप्रसार

नेपालमा पर्यटन प्रवर्द्धनका लागि जापानमा तस्बिरसहितका सामाग्रीमार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारमार्फत १ लाखभन्दा बढी विदेशी नागरिकलाई फोटोसहितका सामाग्री वितरण गरिएको आयोजकले बताएका छन् ।

प्रकाश पन्थीका लेखहरु :

मृगौलापीडितद्वयलाई जापानबाट आर्थिक सहयोग

रकम अभाव भएर उपचारमा समस्या भोगिरहेका दुईजना मृगौलापीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । सहयोग पाउनेमा गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाल छन् ।

एनआरएनए सम्मेलनमा जापानबाट ६ जना आकांक्षी

दुई सातापछि राजधानी काठमाडौंमा हुने गैरआवासीय नेपाली सघं (एनआरएनए)को आठौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट ६ जनाले आकांक्षा देखाएका छन् ।

जापानमा भएको बस दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर

जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जापानमा २० घण्टा नियन्त्रणपछि कांग्रेस नेता पौडेल नेपाल फर्किए

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको कार्यक्रमका लागि जापान आएका नेता प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता भएका छन् ।

बाढी पहिरो पीडितलाई जापानबाट २ लाख ८१ हजार जापानीयान सहयोग

बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन जापानमा संकलित रकममध्ये मंगलबारसम्म २ लाख ८१ हजार जापानीयान पठाइएको छ । राहतका लागि सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान बाढी र पहिरोपीडितसम्म पुग्ने गरी मंगलबार पठाइएको हो ।