करिश्मा चौधरी

वडा कार्यालयमा न्यून साधन स्रोत

वडा कार्यालय जनताका लागि सबैभन्दा नजिकको ‘सिंहदरबार’ हो । संघीयताले जनताको कामको सबैभन्दा बढी चाप वडामा थोपरेको छ । तर, वडातह स्रोतसाधन, संरचना र जनशक्ति अभावमा थला परेका छन् । सानो काँधमा जिम्मेवारीको ठूलो जिम्मेवारी बोक्न उनीहरूलाई हम्मे भइरहेको छ ।

हराउँदै थारू गाउँ

चार दशकअघि वीरेन्द्रनगर नगरपालिका ९, आवास क्षेत्रमा रहेको आँप बगैंचा नजिकको बस्तीलाई थारू गाउँका रूपमा चिनिन्थ्यो । अहिले त्यो नामै बिरानो भएको छ । पूरै थारू बस्तीमा अहिले करिब आठ घर मात्र छन् ।

कानुन बन्न अझै बाँकी

कर्णाली प्रदेश संसद्ले अहिलेसम्म १७ कानुन निर्माण गरेको छ । तर, तीमध्ये अधिकांश कानुन प्रदेश सरकारको कार्य सञ्चालनसँग मात्र सम्बन्धित छन् । अझै पनि प्रदेश संसद्ले नागरिकसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक कानुन निर्माण नगर्दा विभिन्न कामकाजमा समस्या भएको छ ।

करिश्मा चौधरीका लेखहरु :

सामाजिक अभियानमा समूह

ग्रामीण क्षेत्रमा गठित आमा समूह सामाजिक अभियानमा संलग्न हुन थालेका छन् । आमा समूहमा आबद्ध भएपछि यहाँका महिलाले सामाजिक विकृतिविरुद्ध छलफल गर्ने, बचत गर्ने तथा विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने गरेका छन् । 

ड्राइभिङ छोडेर भैंसीपालन

वीरेन्द्रनगर–१४, राम्रीकाँडाका डिलबहादुर खत्रीले ११ वर्षसम्म गाडी चलाए । अरूको काम गरेर सन्तुष्टि र मनग्गे आम्दानी नभएपछि उनले अहिले भैंसीपालन व्यवसाय सुरु गरेका छन् ।

बालविवाहविरुद्ध किशोरी आमा

बालविवाहका कारण समाजमा विकृति बढेको भन्दै किशोरी आमा त्यसविरुद्ध सक्रिय हुन थालेका छन् । किशोरी संवाद केन्द्रमार्फत अन्य किशोरीसँगै थालेको बालविवाहविरुद्धको अभियान प्रभावकारी बन्दै गएको छ । 

बहुविवाहले पीडित बन्दै महिला

जिल्लामा बहुविवाहका कारण लामो समयदेखि महिला पीडामा पर्दै आइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चार वर्षमा सुर्खेतमा बहुविवाहका ६० घटना दर्ता भए ।

प्रदेश बजेट समीक्षा : चौमासिक खर्च ५४ प्रतिशत

कर्णाली प्रदेशमा प्रथम चौमासिकको कार्य सञ्चालनयोग्य बजेटको ५३ दशमलव ९८ प्रतिशत खर्च भएको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।