सुनिता साखकर्मी

मन चल्छ क्यानभासमा

चित्रमा पात्रहरूको शरीर चलायमान देखाउनु सामान्य हो, तर त्यही पात्रहरूको चञ्चल मन देखाउनु भने गाह्रो काम हो । चित्रकार रोशन भण्डारीले यस्तै चुनौती मोलेका छन् ।

ह्योल्मो जातिले गर्‍यो कुकार पूजा 

हिमाली समुदायको राष्ट्रिय पर्व एवम् नयाँ वर्ष सा–म्हो फा–ल्हो २१४६ औँ ह्योल्मो सोनाम ल्होसारको उपलक्ष्यमा सोमबार बौद्धस्तुपा प्राङ्गणमा कुकार कार्यक्रम गरिएको छ । 

भूकम्प अघि र पछिका फोटोहरू प्रदर्शनीमा [फोटोफिचर]

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पुरा भएको अवसरमा प्राधिकरण र फोटो पत्रकार क्लब(पीजेक्लब)ले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भूकम्पअघि र पछिका फोटोहरू प्रदर्शनीमा राखिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु [फोटो फिचर]

वाटर कलर अर्थात् जल रङ । पानीसित रङको सम्मिश्रण गर्दै चित्र कोर्नु । सुन्दा सामान्य लागेपनि वाटर कलर गर्न भने गाह्रो रहेको चित्रकारहरु बेलाबेला बताउने गर्छन् ।

सह्यार पर्खिंदै भित्तेचित्र

सेर्माथाङ गाउँको टुप्पैमा छ, फिन्चोक उर्गेन छ्योलिङ गुम्बा । पाँच शताब्दी पुरानो यो गुम्बाका भित्तामा सजिएका बौद्ध चित्रहरू उत्तिकै पुराना र मूल्यवान् छन्  ।

सुनिता साखकर्मीका लेखहरु :

कहाँ गए ती पोस्टकार्ड

कुनैमा बुद्ध, कुमारी, मैथिल कला त कुनैमा गैंडाका चित्र । केही वर्ष पहिलेसम्म बांगेमुढाका लालबहादुर श्रेष्ठको पसलमा दसैं आसपास यस्ता चित्र अंकित पोस्टकार्ड किन्नेको भीड लाग्थ्यो ।

‘नेपालीको भाषामोह लोभलाग्दो छ’

भारतीय प्रगतिशील लेखक संघ सुरु भएको तेह्र वर्षपछि विसं २००९ मा नेपालमा पनि प्रगतिशील लेखक संघको स्थापना भयो । यी दुई संस्थाको काम कारबाही उस्तै प्रकृतिको भए पनि अहिलेसम्म दुईबीच संवाद हुन सकेको थिएन ।

स्रष्टालाई सिर्जना घर

रमाइलो हरियाली दृश्य । जंगलभित्रबाट निस्किएको ताजा हावाले मन र मस्तिष्क दुवैलाई फुरुङ्ङ पारिदिन्छ । यस्तोमा सिर्जना कोर्दाको आनन्द बेग्लै हुन्छ । स्रष्टालाई लक्षित गरेर गोदावरीमा ‘द वृत्त’ अर्थात् ‘सिर्जना घर’ होमस्टे सञ्चालनमा ल्याएका छन् । यहाँ स्रष्टाले शान्तसँग बसेर स्रष्टाले सिर्जना साधना गर्न सक्छन् ।

बुबा खुसी पार्न ‘जोकर’

समीरको लक्ष्य फुटबल खेलाडी बन्ने थियो । पढाइ नबिग्रियोस् भनेर उनका बुबाले खेलकुदमा खासै प्रोत्साहन गर्दैन थिए । अँटेरी समीरको बानी देखेर बुबाले उनलाई धेरै पटक गाली पनि गर्नुभयो । समीर आज्ञाकारी पनि थिए । एक दिन सर्कस हेर्न पुगेका समीरले बुबाको मुहारमा अपार हाँसो देखे । त्यो कारण थियो, ‘सर्कसको जोकर ।’ जोकरले यति धेरै हँसाएको बुबालाई देखेर समीर आफूले पनि यसै गर्ने रहर पलाए ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा कविता महोत्सव

तथ्यांकअनुसार नेपालमा १२३ भाषा बोलिन्छ । मातृभाषाकै रुपमा रहेका संख्या यकिन छैन । भाषाशास्त्रीले ती मातृभाषाहरुको अवस्था लोपोन्मुख छ भनिरहेका छन् । तिनै लोपोन्मुख भाषाको सम्वर्द्धन र प्रवर्द्धनका लागि वर्षमा एक दिन साइत जुर्ने गरेको छ–२१ फेब्रुवरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस । यही दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ आयोजना गरेको छ ।