उषा थपालिया

देखासिकीले गाँजेको तीज

तीजले महिलाको मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापनामा भूमिका खेलेको छैन ।के ही वर्षयता हिन्दु धार्मिक मान्यता र तरिकाभन्दा बेग्लै किसिमले तीजका भड्किला पक्ष विस्तार हुने क्रम बढ्दो छ । धार्मिक पर्व अन्तर्गतका विधि–व्यवहारभन्दा तामझाम र देखासिकी चरित्र बढी मिसिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा विकृति हरेक साल बढ्दै जानु दु:खद हो ।

साउने अर्थतन्त्र

साउनको प्रकृति उसै पनि हरियाली । त्यसमाथि केही वर्षदेखि महिलाको शृङ्गार र भेषभूषामा पनि यही रंग छ । अधिकांश महिलाको साउने पहिचान नै बनेको छ, हरियो र पहेँलो रंग । हरियो/पहेँलो पोसाक । नाडीभरि सोही रंगका चुरा । र हातमा मिहेन्दी । सजावटको यो तरिका, गृहिणी महिलामा मात्र सीमित छैन ।

महिला हिंसाका विभिन्न रूप

लोकतान्त्रिक सरकारको आधारभूत चरित्र नै आम जनताको जीवन र स्वतन्त्रताको रक्षा गर्नु हो । तर अहिले जेजति कारणबाट महिलामाथि विभेद/उत्पीडन/ज्यादती/हिंसा थोपरिएको छ र तिनै कारणले अनाहकमा महिलाले ज्यान गुमाउनु परिरहेको छ, त्यसका आधारमा महिलाको जीवनरक्षाको विषयलाई महत्त्वसाथ उठान गर्नु पक्कै अपराध नठहर्ला ।

भ्रष्टाचारमा लैंगिकता

मुलुकका प्राय: सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार समग्र नेपालीको ठूलो टाउको दुखाइको विषय हो । २०४६ सालपछि भ्रष्टाचार अन्त्यका लागि प्रत्येक नवगठित सरकार सैद्धान्तिक रूपमा सधैं प्रतिबद्ध रहे, तर अहिलेसम्म बनेका सरकारले त्यसमा सफलता हासिल गर्न सकेनन् ।

ईपीजीमा महिला मुद्दा

नेपाल र भारतबीच प्रगाढ र निकटतम सम्बन्ध रहेको दुवै देशका आधिकारिक व्यक्तिहरूले प्राय: दोहोर्‍याइरहन्छन् । यो सम्बन्धलाई अथ्र्याउन अरू उपमा पनि जोडिने गरेका छन् । दुई देशबीच कायम ‘रोटीबेटीको सम्बन्ध’ दुवै पक्षबाट अरूभन्दा बढी प्रयोग हुने शब्दावली पर्छ ।

उषा थपालियाका लेखहरु :

महिलाको मानवीय गरिमा

माघ ७ गते राति काठमाडौं दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटना सार्वजनिक भएलगत्तै देशका विभिन्न भागमा भएका बलात्कारका घटना प्रचारमा आउने क्रम एकाएक चुलियो ।

बालविवाहको बहुआयामिक असर

बिहेका लागि २० वर्ष पुग्नुपर्ने स्पष्ट कानुनी व्यवस्था छ । त्यति मात्र नभएर ‘बिहेवारी बीस वर्ष पारि’ सचेतनामूलक नारा श्रव्यदृश्य, छापालगायत सबै सञ्चार माध्यमबाट फैलिएको दशकौं भइसक्यो । तर नेपालमा बालविवाह ठूलो समस्याका रूपमा कायमै छ ।