लीला लुइटेल

जुन सम्मानले गर्छ अपमान

पछिल्लो समय नेपालमा ‘लिटरेचर फेस्टिभल,’ साहित्यकारहरूद्वारा गरिने भ्रमण आदान–प्रदान तथा साहित्यकारहरूलाई गरिने सम्मान एवं दिइने पुरस्कार चर्चाका विषय रहिआएका छन् । नेपाली साहित्य र साहित्यकारका लागि यो खुसीको विषय हो । केही समययता नेपाली साहित्यकारलार्ई दिइने पुरस्कार र सम्मानमा लेनदेन, ऐँचोपैँचो एवं सट्टापट्टा रहेको गाइँगुइँ नसुनिएका पनि होइनन् ।

कथनी र करनी

जनसंख्याका दृष्टिले विश्वकै दोस्रो ठूलो देश भारतमा हुने गरेका गर्भपतनमध्ये ९९ प्रतिशत भ्रूण छोरीको रहेको पाइएको छ । यसखाले जघन्य अपराधले जनसंख्याको सन्तुलनमा नकारात्मक असर परेको स्थिति ठाउँ–ठाउँमा देखिन थालेपछि सरकारले ‘बेटी पढाओ, बेटी बचाओ’ भन्ने कार्यक्रम ल्यायो ।

कठैबरी हामी !

एउटा दैनिक पत्रिकामा काठमाडौं महानगरपालिकाले उपभोक्ता अधिकारकर्मी तथा खाद्य विभाग प्रमुखलाई समेत साथमा लिएर राष्ट्रपति भवन नजिकका भट्टी पसल बन्द गराउनाका लागि प्रयासरत रहेको आशयको समाचार पढेपछि अत्यन्त खुसी लाग्यो ।

पारिजात सम्झँदा

कलेज पढ्ने बेलासम्म पनि साहित्यकार भनेको यस धर्तीका प्राणी नभएर अर्कै ग्रहबाट आएका विशिष्ट प्राणी पो हुन् कि जस्तो लाग्थ्यो । पारिजातको नाम सुनेको भए पनि उनका रचनाचाहि बीए तह आइपुग्दा मात्रै पढ्ने साइत जुर्‍यो । उनका बारे अनेक किंवदन्ती सुनिन्थे, सुनाइन्थे । बीएमा ‘मैले नजन्माएको छोरो’ र ‘शिरीषको फूल’ पढेपछि उनका बारेमा उत्सुकता बढेर आयो र, कृति खोजी गर्दै जाँदा ‘आदिम देश’ भेटियो ।

सिक्वेल लेखन 

चलचित्रका क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने ‘सिक्वेल’ शब्द साहित्यिक लेखनमा पनि प्रयोग भएको देखिन्छ । नेपाली साहित्यमा क्रमिक लेखन अर्थात् सिक्वेलको प्रचलन त्यति नपाइए पनि केही समययता पहिलो कृतिलाई आधार मानेर दोस्रो कृति लेख्ने प्रचलन पनि छिटफुट रूपमा भएको छ ।

लीला लुइटेलका लेखहरु :

हुइँयाबाट पीडित विजय मल्ल

उपन्यासकार विजय मल्लले ‘गोठाले’ द्वारा प्रवर्तन गरिएको मनोविश्लेषणात्मक प्रवृत्तिलाई अनुसरण गरीे नेपाली उपन्यासको मनोविश्लेषणात्मक धारालाई निरन्तरता दिने र गतिशील तुल्याउने कार्य गरेका छन् । मनोविश्लेषणात्मक सिद्धान्तमा आधारित यिनका सबै उपन्यासको शीर्षक नारीका नामबाट राखिएका छन् र उपन्यास नारी चरित्रप्रधान छन् । 

प्रेमा शाहबारे केही तथ्य

२०७४ साल पुस ६ गते साहित्यकार प्रेमा शाहले यस भौतिक संसारलाई छोडेपछि उनलाई श्रद्धाञ्जलि व्यक्त गर्ने क्रममा उनीसम्बन्धी अनेक लेखहरू लेखिए । विद्युतीय सञ्चारमा आएका लेखहरूको आधिकारिकतामाथि कुनै विश्वास नहुने भएकाले त्यसलाई त्यति वास्ता गरिएको थिएन ।

खोइ दायित्व बोध ?

नेपाली साहित्यलाई माया गर्ने हरेक व्यक्तिको आस्थाको केन्द्र रहेको नेपाल प्रज्ञा प्रतिष्ठानबाट केही समययता संस्थाको गरिमामै आँच आउने तथा नेपाली साहित्यमा प्रदूषण फैलाउने अनेक क्रियाकलाप हुन थालेका छन् ।

एकै नाममा देवकोटाका दुई कृति

नेपाली साहित्यका अनेक विधामा शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग मान्न सकिन्छ, तर एउटै लेखकले एउटै शीर्षकमा दुईवटा कृति लेखेको स्थिति विरलै पाइन्छ । कसै–कसैले एउटै शीर्षकका दुई बेग्लाबेग्लै कृति लेखेको पाए पनि त्यो क्रमिक लेखन अर्थात् सिक्वेलका रूपमा आएको पाइन्छ ।

एकै नाममा देवकोटाका दुई कृति

नेपाली साहित्यका अनेक विधामा शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग मान्न सकिन्छ, तर एउटै लेखकले एउटै शीर्षकमा दुईवटा कृति लेखेको स्थिति विरलै पाइन्छ । कसै–कसैले एउटै शीर्षकका दुई बेग्लाबेग्लै कृति लेखेको पाए पनि त्यो क्रमिक लेखन अर्थात् सिक्वेलका रूपमा आएको पाइन्छ ।