बिनु सुवेदी

बिनु सुवेदीका लेखहरु :

पूर्वप्रधानमन्त्रीहरूले किन बाह्य शक्तिको खतरा देखे ?

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरेपछि विपक्षी गठबन्धनका दलहरू कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जम्मा भए । त्यही दिन ओलीको निर्णयको विरोध गर्दै गठबन्धनका तर्फबाट वक्तव्य निकाल्ने तयारी थियो तर नेताहरू रोकिए ।

ओलीलाई धक्कै धक्का

टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ ।

नागरिकता नियमावली संशोधन : आमामाथि अंकुश !

सरकारले आफ्नो नामबाट नागरिकता दिन चाहने आमाको आत्मसम्मानमा गम्भीर चोट लाग्ने गरी नागरिकतासम्बन्धी नियमावली संशोधन गरेको छ । जेठ १८ को मन्त्रिपरिषद् बैठकले संशोधन गरेर आइतबार राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस बुझाएपछि मात्रै सन्तानले आमाका नामबाट नागरिकता लिन सक्छन् ।

के व्यवस्था विघटनको खतरा छ ?

गृहजिल्ला गोरखा पुगेर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सोमबार संसद् मात्रै होइन मुलुकको व्यवस्था नै विघटनतर्फ लैजाने प्रयत्न भइरहेको बताए । छिमेकी भारततर्फ संकेत गर्दै उनले व्यवस्था विघटन गर्न अदृश्य शक्तिसँग अस्वाभाविक साँठगाँठ भइरहेको र त्यसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको आक्षेप लगाए ।

ओली जेठ ३ अघि फर्कन तयार

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेयता चौतर्फी चेपुवामा परेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कामचलाउ मन्त्रिपरिषद् व्यापक हेरफेर

प्रतिनिधिसभा बलजफ्ती विघटन गरी चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई सहभागी गराउँदै कामचलाउ मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । संविधान जारी गर्ने बेला तीव्र असहमति राखेको ठाकुर–महतो समूह आफ्ना माग सम्बोधन गर्न ओली सरकार तयार रहेको भन्दै पार्टीमा विग्रह गरेर सरकारमा सामेल भएको हो । 

के जन्मसिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ ?

२००९ सालमा मुलुकमा पहिलोपटक नागरिकतासम्बन्धी ऐन बन्यो । ११ दफा मात्रै रहेको उक्त ऐन नागरिकताका सन्दर्भमा अहिलेसम्म बनेका सबै ऐनभन्दा प्रगतिशील थियो । यद्यपि महिला र पुरुषबीचको विभेदको कानुनी सुरुवात भने त्यही ऐनबाटै भएको देखिन्छ ।

माधव नेपाल समूहमा ‘फाटो’

पार्टी अध्यक्ष केपी शर्मा ओलीसितै मिलेर एमालेमा रहने या पार्टी पुनर्गठन गर्ने भन्नेमा एमालेको माधव नेपाल समूहमा फाटो आएको छ । ओलीसँग वार्ता गरेर मिल्नुपर्छ भन्ने दोस्रो पुस्ताका केही नेता र पार्टीलाई पुनर्गठन गरेरै अघि बढ्नुपर्छ भन्ने जनवर्गीय तथा भ्रातृ संगठनका नेता–कार्यकर्ताको चेपुवामा नेता नेपाल छन् ।