आश गुरुङ

घोडा नचढे जरिवाना

माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले । यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे ।

लमजुङमा स्मार्ट फिल्म सिटी

करिब ७ वर्षमा निर्माण सक्ने गरी लमजुङमा स्मार्ट फिल्म सिटी बन्ने भएको छ । तीन महिनापछि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सम्भाव्यता अध्ययन सुरु हुने छ । एक वर्षमा डीपीआर सकेर भौतिक संरचना निर्माण थाल्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

विद्यालयमा पोसाक ढाका

छात्रा ढाकाको चोली र फ्रकमा छन् । छात्रले ढाकाकै भोटो र सुरुवाल लगाएका छन् । टाई र बेल्ट प्रयोगमा छैन । बेंसीसहर नगरपालिका ३, गाउँसहरको लमजुङ दरबार नजिकै हेभेन हिल एकेडेमीमा छात्राछात्रको स्कुल पोशाकमा नेपालीपन झल्किन्छ ।

घरबासमा डेढ लाख पर्यटक

‘स्मार्ट भिलेज’ का रूपमा अघि सारिएको घलेगाउँमा १९ बर्षमा डेढलाख पर्यटक भित्रिएका छन् । पर्यटकीय आकर्षण थपिदैं गएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । 

गाउँपालिकाभरि सतुवा खेती

अलैंची उत्पादन र मुल्यमा गिरावट आएसँगै मर्स्याङ्दी गाउँपालिकाका किसान सतुवा (जडीबुटी) खेती गर्न थालेका छन । जिल्लामा सबैभन्दा बढी अलैंची खेती हुने मर्स्याङ्दी गापा थियो । 

आश गुरुङका लेखहरु :

डढेलो नियन्त्रण सिक्दै गाउँले

वनमा एक्कासि आगो लाग्छ । देख्ने एक जनाले गाउँलेलाई भन्छ । गाउँले सबै जुटेर घटनास्थलतर्फ लाग्छन् । गाउँलेले वनको पातपतिंगर फालेर अग्निरेखा कोर्छन् । वनको तल्लो भागको ३ ठाउँबाट आगो बढ्दै छ ।

मनाङको नारमा जेठमै हिमपात [तस्बिर र भिडियो]

कहिलेकाहीं पुसमाघमा समेत मनाङमा हिउँ पर्दैन । यसपटक अचम्मै भयो, बैशाख–जेठमा पनि हिउँ पर्‍यो । अलिअलिमात्रै नभई गाउँबस्ती नै ढाकिने गरी । तराईमा ४० डिग्री सेन्टिग्रेडमाथि तापक्रम पुगेको छ ।

असिनापानीले मकै सखाप

असिना पानीले क्व्होलासोंथर गाउँपालिकाभित्रका सवै वडामा लगाइएको मकैबालीमा क्षति पुर्‍याएको छ । क्व्होलासोंथर- ९, गिलुङसँग जोडिएको मध्यनेपाल नगरपालिका ८, करापु क्षेत्रको मकैबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

थातथलोमा देखिए दुरा

चिम्से आँखा, बाटुलो अनुहार, थेप्चे नाक । तन्नेरी जसरी कानले सुन्न र आँखाले देख्ने भेउ पाउन छाडिसके पनि ९३ वर्षीया सोमा दुराको बोली अझै टाठै छ । मध्यनेपाल–१० नेटा हाँडीखोलाबाट २ घण्टा लगाएर सुन्दरबजार–११ तुर्लुङ गाउँ चढेकी उनी दुरा भाषा बोल्नेमध्ये औंलामा गन्न सकिने थोरैमा पर्छिन् ।

तुर्लुङकोटमा दुराडाँडा महोत्सव

दुरा जातिको बसोबास रहेकाले यस क्षेत्रको नाम दुराडाँडा रहन गएको हो । दुराडाँडा क्षेत्रअन्तर्गत साबिकको दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, पुरानकोट, सिन्दुरे र नेटा गाविस पर्छन् । तुर्लुङकोट सिन्दुरेमा पर्छ । तत्कालीन यी गाविसहरू अहिले सुन्दरबजार, बेंसीसहर र मध्यनेपाल नगरपालिकामा पर्छन् ।