२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भोगीराज चाम्लिङ

भोगीराज चाम्लिङका लेखहरु :

लुइँचेको कुखुरा कायाकल्प 

मान्छे र कुखुराको सम्बन्ध पनि लगभग त्यति नै पुरानो छ, जति कृषि युगको थालनीको इतिहास छ । मान्छेहरू कृषि युगमा प्रवेश गरेको हाराहारीमै कुखुरा पालन सुरु भएको हो । यस अर्थमा घरपालुवा कुखुरामार्फत मान्छेको हजारौं वर्ष पुरानो इतिहास, हजारौं वर्ष पुरानो संस्कृति, हजारौं वर्षअघिको बसाइँसराइ इत्यादि खोतल्न सकिन्छ । 

भैंसी–मान्छे : ७ हजार वर्षदेखि सँगसँगै

नेपाली समाजमा ‘कालो अक्षर भैंसी बराबर’ भन्ने उखान प्रचलित भए पनि प्राग्इतिहास र इतिहासका सन्दर्भमा केही पहेलीहरू खोतल्न ‘अक्षर’ भन्दा महत्त्वपूर्ण कुञ्जी हुन सक्छ– भैंसी । वर्तमान नेपाली समाजको सांस्कृतिक अवयवका रूपमा त भैंसी छँदै छ ।

सुँगुरको उत्क्रान्ति

कथाले बनेको प्राणी हो मान्छे । त्यसैले, कथाले हाम्रो जीवनको सबै पाटोलाई नजिकबाट छुने गर्छ । एउटा पुरातत्त्वविद्ले ढुङ्गाका टुक्रा र हाडहरूमा सुराक खोज्छ र बितेका दिनको गाथा बनाउँछ । र, इतिहासकार जो छन्, ती स्वयं पनि कथावाचक नै त हुन् ।’ – जोनाथन गोस्चल (द स्टोरी टेलिङ एनिमल, २०१२)

जो आए पाँच हजार वर्षअघि

प्राप्त वंशावलीमध्ये सबैभन्दा पुरानो गोपालराजवंशावलीले भन्छ– नेपालमा सबैभन्दा पहिले गोपाल वंशका ८ ‘राजा’ को शासन चल्यो । त्यसपछि गोपाललाई पराजित गरी ३ महिषपाल ‘राजा’ को शासन चल्यो । त्यसो हो भने प्राचीनकालका ती गोपाल र महिषपाल को हुन् ?

किरातकाल, जो थियो

११ वर्षअघि ‘कान्तिपुर दैनिक’ को एक अंकमा (२०६७ मंसिर २५) लेखक सौरभको आलेख प्रकाशित भएको थियो– ‘नभएको किरातकाल’ । लगभग १० वर्षयता किरात मौखिक ज्ञानबारे अध्ययन गर्ने क्रममा केही विषय थाहा पाएको हिसाबले ढिलै भए पनि म यो लेखमाथि फरक कोणबाट विमर्शमा सहभागी भएको छु ।

बास बस्दै बस्दै नेपाल

एउटा सुखद संयोगबाट विषय प्रवेश गरौं । भारतीय सेनाबाट अवकाश लिएर घर फिरेपछि ओखलढुंगाका बुद्धिकुमार ह्वङ्गुलाई आफ्ना जातीय संस्कारहरूमा सहभागी हुन समय मिल्यो । नत्र बिदामा घर आयो, फर्किहाल्यो मात्रै हुन्थ्यो ।

तालको पानी बगेर जानी

भूगर्भशास्त्रीय अध्ययन भन्छ— आदिम समयमा काठमाडौं उपत्यका तालका रूपमा थियो । ठ्याक्कै यही कुरा काठमाडौं उपत्यकामा प्रचलित मिथकहरूले पनि भनिरहेका छन् । जस्तो कि बौद्ध मिथकअनुसार, उहिल्यै यो तालको नाम नागबास (नागह्रद, नागदह) थियो । तालमा विपश्वी बुद्धले कमलको बीउ रोपे । त्यो कमलमा ज्योतिरूप स्वयम्भूका रूपमा आदिबुद्धको प्रादुर्भाव भयो ।

नेपाली संघीयता, उमेर : २६०० वर्ष

कथरी बुद्धिजीवी, पार्टी र नेताहरूलाई अझै लाग्छ– संघीयता आयातित सवाल हो । यो मत अहिले मुखर हुन खोज्दै छ । पछिल्लो अभिव्यक्ति हो ‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रह’ गर्ने रवीन्द्र मिश्रको प्रस्ताव ! खास कुरा के भने पृथ्वीनारायण शाहपछि मात्रै नेपाली मौलिकतायुक्त संघीय अभ्यास टुटेको हो । बहुदलीय व्यवस्थाजस्तै संघीयता पनि अहिले पुनःस्थापित भएको हो । लोकतन्त्र पुनःस्थापित हुन ३० वर्ष लाग्यो, संघीयता पुनःस्थापित हुन त्यस्तै दुई सय पचास वर्ष ।