सुरज कुँवर

सुरज कुँवरका लेखहरु :

दाहाल र बतासलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र

नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

हवाई भाडा १२ प्रतिशत बढ्यो

आन्तरिक उडानमा रहेका वायुसेवाले मंगलबारदेखि लागू हुने गरी झन्डै १२ प्रतिशतले हवाई भाडामा फ्युल सरचार्ज बृद्धि गरेका छन् । आयल निगमले शुक्रबार रातीदेखी लागू हुने गरी ८६ रुपैया प्रति लिटर पर्ने एयर टर्बाइन फ्युल (हवाई इन्धन) मा १० रुपैया बृद्धि गर्दै ९६ रुपैया पुर्‍याएकाले आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज झन्डै १२ प्रतिशतले बृद्धि भएको हो ।

सगरमाथामा रेकर्ड ब्रेकर फेशन शो

कोरोना माहामारीबाट सिंगो मानव जीवन प्रभावित बनेका बेला असोज पहिलो साता सगरमाथा क्षेत्रको गोक्योमा पुगेका १० देशका मोडलले विश्वको ध्यान खिचे ।त्यति मात्रै होइन, उनीहरुलाई गिनिज वर्ल्ड रेकर्डले पनि नयाँ कीर्तिमानी कायम गरेकोमा प्रमाणपत्र दियो । समुद्री सतहबाट ५५०० मिटर उचाइमा हिउँमाथि बनाइएको र्‍याम्पमा नेपाली पोशाक लगाएर उनीहरुले विश्‍व फेशन बजारका पारखीहरुलाई गौतम बुद्धको अहिंसामा आधारित पोशाक प्रदर्शनी गरेका थिए ।