२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

दुर्गा खनाल

खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन्। Durga Khanal is the editor of Ekantipur.com, the online News portal of Kantipur National Daily.

दुर्गा खनालका लेखहरु :

'ढोक्सा'को राजनीति र काँध फेरेका दाहाल

२०७९ पुस २६ मा आफ्नो समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले  रोस्ट्रमबाटै भनेका थिए- 'यस समर्थनभित्र सदासयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन, यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने, जाल हो भने भन्न चाहन्छु, माछा नभएको नदीमा जाल फ्याँकिएको छ । यसभित्र भोलिका निम्ति अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ ।' 

नागरिक मूल्यको नजरअन्दाज

संघीय संसद् भवन परिसरभित्र गत सोमबार लघुवित्तपीडितहरू प्रवेश गरेर प्रदर्शन गरे । सुरक्षा घेरा छिचोल्दै संवेदशील क्षेत्रमा प्रवेश गरेको घटनापछि गृहमन्त्रालयमा त्यही दिन सबै सुरक्षा अधिकारीहरूको बैठक बस्यो । बैठकमा सुरक्षा संवेदनशील क्षेत्रमा ठूलो भिड कसरी प्रवेश गर्‍यो भन्ने समीक्षा भयो ।

'अहिले 'बहुराष्ट्रिय राज्य' को मुद्दा उठाउनु असान्दर्भिक'

विभिन्न समूहको फुट र जुटबाट बनेको दल लोसपा फेरि विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा असन्तुष्टि राख्दै मोर्चाबन्दी गरिरहेका छन् ।

लोसपा फुटको संघारमा, 'बहुराष्ट्रिय राज्य' को एजेण्डा बोकेर महतोको मोर्चाबन्दी

सत्तारुढ लोकतान्तिक समाजवादी पार्टी (लोसपा) फुटको संघारमा पुगेको छ । पछिल्लो समय पार्टीभित्र फरक मत  राख्दै आएका राजेन्द्र महतो बहुराष्ट्रिय राज्य' को एजेण्डा बोकेर मोर्चाको नेतृत्व गर्दै अघि बढेपछि पटक-पटक फुटबाट गुज्रेको यो दल पुन: टुक्रिने स्थितिमा पुगेको हो । 

'भारती'हरूले फेरि न्यायिक लडाइँ लड्नु नपरोस्

नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयलाई बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।

'चीनलाई नेपाल आफ्नो चासो बाहिर जान खोजेको आभास भइरहेको छ'

महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय प्रतिनिधिमण्डल गत साता चीनको भ्रमणबाट फर्कियो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय कमिटीको निमन्त्रणामा भएको भ्रमणमा एमाले टोलीले सीपीसीका पोलिटब्युरो सदस्य र विदेश विभाग प्रमुखलाई भेटवार्ता गरेको थियो । 

सुवासिला राजनीतिज्ञको अवसान

राजनीति गर्ने कमै व्यक्तिलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जसको नाम मुलुककै इतिहासमा पहिलो पटक लेखियोस् । सुवासचन्द्र नेम्वाङ तिनै विरल नेतामध्येमा पर्थे । जसको नाम पहिलो पटक जनताबाट निर्वाचित प्रतिनिधिको संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्वकर्ताका रूपमा अंकित हुन पुग्यो ।

शालीन राजनीतिज्ञको शान्त प्रस्थान

सुन तस्करी प्रकरणको छानबिनको माग गर्दै एमालेले लगातार संसद् अवरोध गरिरहेपछि त्यसबारे कुराकानी गर्न सुवासचन्द्र नेम्वाङले गत साउन २५ गते संसदीय दलको कार्यालयमा बोलाएका थिए । कुराकानीका लागि निर्धारित समयभन्दा केहीबेर ढिलो उनी कार्यकक्षमा आइपुगे ।

'सुन तस्करीको मुद्दा सम्बोधन नगरे मुलुक अप्ठेरो अवस्थामा पुग्छ'

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । उक्त तस्करीको सुन प्रकरणले संसद्‍ अवरुद्ध छ । क्विन्टल सुन तस्करीमा अन्तरदेशीय गिरोह संलग्न रहेको भन्दै उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले साउन १० देखि संसद् अवरोध गरिरहेको छ ।

प्रदेश : राजनीतिक अस्थिरताको उर्वर जमिन

सरकारले लिने नीति र त्यसको आधारमा तय गरिने वार्षिक बजेट निर्माणको चटारो चलिरहेका बेला कोशी प्रदेशमा भने राजनीतिक संकटको बादल मडारिइरहेको छ । सरकारको सुनिश्चतता हुँदो हो त बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम आउने थियो ।