२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रतिक्षा काफले

प्रतिक्षा काफलेका लेखहरु :

६ प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा सुरु 

अन्तरप्रदेश बैठकमा सहभागी हुन कोशीबाहेक ६ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् । 

चापाकोटका पूर्वमेयर शिव गिरीको सडक दुर्घटनामा निधन

स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस महाधिवेशन प्रतिनिधि शिव गिरीको सडक दुर्घटनामा परी निधन भएको छ ।

५ लाख रुपैयाँभन्दा साना योजना संघमै फिर्ता गराउँछौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सरकारबाट गण्डकी प्रदेशमा ५ लाख रुपैयाँभन्दा साना योजना १ सयभन्दा बढी विनियोजन भएको बताए । यस्ता साना योजना प्रदेशले कार्यान्वयन नगर्ने बताउँदै उनले संघमा नै फिर्ता पठाउने बताएका छन् ।

मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन बिहीबारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २१ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

देश युवा बेच्‍ने कारखाना बनेको छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश युवा बेच्ने कारखाना बनेको टिप्पणी गरेका छन् । पोखरामा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको आम्दानीले चालुगत खर्चसमेत नधानेको र युवालाई विदेश पठाएर देश चलाउनु पर्ने अवस्था रहेको बताए ।

स्याङजाको चापाकोटमा विवाद, प्रहरीद्वारा हवाइ फायर

स्याङजाको चापाकाेट नगरपालिका-१ आँधीचाैघेरा भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएको छ ।

स्याङ्जामा गठबन्धनका दोहोरो उम्मेदवार

स्याङ्जामा गठबन्धनबीच असन्तुष्टि बढ्दै गएपछि गठबन्धनबाटै दोहोरो उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलका शिर्ष नेताले सिट बाँडफाँट टुंग्याए पनि जिल्लामा भने प्रदेशका दुई निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार दर्ता गराए ।

कास्की ३ मा एमाले र माओवादीका बागी उम्मेदवार

सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् ।