२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मेनुका ढुंगाना

मेनुका ढुंगानाका लेखहरु :

स्थानीय तहका न्यायिक समिति : पर्याप्त अधिकार, कार्यान्वयनमा अलमल

स्थानीय तहमा रहेका न्यायिक समितिले अपेक्षा अनुसार काम गर्न सकिरहेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय सरकार सञ्चालन ऐनका व्यवस्थाहरूमा न्यायिक समितिलाई विवाद वा मुद्दाको सुनुवाई गरी निरूपण गर्ने अधिकार र मेलमिलापको माध्यमबाट मात्रै विवादको निरूपण गर्ने अधिकार गरी दुई प्रकारले न्याय निरूपण गर्ने अधिकार प्रदान गरेको छ । तर यहाँका स्थानीय तहले दुइटै व्यवस्थालाई कार्यान्वयन गर्न सकेका छैनन् ।

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

अछामको मेल्लेख गाँउपालिका –६ शोडषामा सोमबार बिहान आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार मेल्लेख गाउँपालिका –६ शोडाषाका खम्म बोहराको खरले छाएको बाँझो छानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।

पानी पाएपछि बद्लियो बिजुलेकको जीवनशैली

तुर्मखाँद गाउँपालिका –३ भैरवस्थानको बिजुलेकका बासिन्दा खानेपानीको समस्याबाट मुक्त भएका छन् । जिल्लाकै दुर्गम र विकट मानिने बिजुलेक पुग्न गाउँपालिकाको केन्द्रबाट समेत चार घण्टा लाग्छ । सो गाउँका ३९ परिवारका २ सय २० जना वर्षौंदेखि भोगिरहेको पानीको समस्याबाट मुक्त भएका छन् ।

‘बयालपाटा अस्पताल सुदूरपश्चिम सरकारको प्राथमिकता बाहिर’

सुदूपश्चिम प्रदेश सरकारबाट बजेटको व्यवस्था हुने भरमा परेको बयालपाटा अस्पताल आर्थिक संकटसँग जुधिरहेको छ । लगातार ३ आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशले बयालपाटा अस्पताल संचालनका लागि  लगभग ९ करोड रुपैयाँ विनियोजन गरिरहेको थियो । तर चालु आवमा भने यो अस्पतालका लागि पुँजीगत बजेटतर्फ ५० लाख बजेट मात्रै छुट्याएको छ ।

धारा बन्यो : पानी आएन, कामदारले ज्याला पाएनन्

अछामको मंगलसेन नगपालिका–१२ मा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मंगलसेन नगरपालिका–१२ छापडाँडामा ८ वटा पानीका धारा बनाउने गरी १० लाख रुपैयाँको योजना आयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछाममातहतमा योजनाको काम सम्पन्न भयो । 

यौन दुर्व्यवहारमा परेकी किशोरीलाई एक्लो बनाउने परिवार र समाज

गत पुस ८ गते अछाम सदरमुकाम मंगलसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको जिल्लाको पूर्वी क्षेत्र तुर्माखाँद गाउँपालिकामा म रिर्पोटिङको सिलसिलामा पुगेकी थिएँ ।

नतिजा पर्खिरहेका विद्यार्थी पुनः परीक्षा दिनुपर्दा तनावमा

गत वैशाखमा परीक्षा दिएर नतिजा पर्खिरहेका अछामका विद्यार्थी त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएका कारण फेरि परीक्षा दिनुपर्ने खबरले तनावमा छन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट स्नातक तह पहिलो वर्षको २ सयभन्दा बढी उत्तरपुस्तिका हराएपछि अछाम बहुमुखी क्याम्पस मंगलसेन र कमलबजार बहुमुखी क्याम्पसका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको हो ।

रुस–युक्रेन युद्धमा डोबाल परिवारका ६ दाजुभाइ

दार्चुला सदरमुकाम खलंगादेखि तीन घण्टाको पैदल दूरीमा पर्छ, दार्चुलाको महाकाली नगरपालिका–२ को काँटे झुस्कु गाउँ । रुस–युक्रेन युद्धका कारण यो सिंगो गाउँ बैचनीमा परेको महिनौं भइसक्यो ।

सहारा पाएपछि फेरियो दैनिकी

मंसिर तेस्रो साता : अछाम र डोटीको सिमानाको नदी किनारमा चार बालकहरू भेटिएका थिए । कहिले जंगल त कहिले कसैको घरमा आश्रय लिइरहेको बताउने चारै बालकका आङमा गतिला लुगा थिएनन् । भोक र प्यासले गलेका थिए ।