मोहन बुढाऐर

७५ वर्षे जाँगर

चार भाइ छोराबुहारी छुट्टिएर जाँदा वृद्ध दम्पती समरा राना र बिलन्दा देवीको हातमा एकसुको थिएन । आफनै नाममा रहेको साढे ४ बिघा पनि ४ भाइले बाडेर लिए । बाचुन्जेल खान वृद्ध दम्पतीलाई घर वरिपरीको ६ कट्टा दिएर छोराबुहारी अलग बसे । 

हचुवाका भरमा योजना

सुदूरपश्चिममा संघ र प्रदेश सरकारले पर्यटन प्रवर्द्धनात्मक योजना र कार्यक्रममा विनियोजित रकम हचुवाका भरमा खर्च हुने देखिएको छ । आव सकिन ३ महिना बाँकी रहँदा कार्यक्रम कार्यान्वयनको अवस्था शुन्य जस्तै छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बजेट कार्यान्वयन गर्न भर्खर पर्यटनका ३ वटा इकाई स्थापना गरेको छ । 

यसरी नासियो बडका वन

कुनै बेला कैलालीको बडका वनभिक्र हराएको व्यत्ति फर्केर आउला भन्ने आशा कमैले राख्थे । अहिले त्यो जंगल छर्लंग देखिने भएको छ । बूढो, बांगोटिंगो र ढुंग्रो परेका रूखबाहेक पुनरुत्पादन सालको जंगल छैन । १० हजार बढी हेक्टर अतिक्रमणको चपेटामा परेको बडका वनको अहिलेको क्षेत्रफल २५ हजार जति मात्रै छ ।

प्रहरीकै सेटिङमा तस्करी

भारतसँग जोडिएका कैलालीका सीमावर्ती गाउँका अधिकांश युवालाई तस्करहरूले अवैध सामान ढुृवानीमा प्रयोग गरिरहेका छन् । दैनिक चार/पाँच पटक सीमा वारिपारि गरेर उनीहरू तस्करीका सामान ओसार्न थालेका छन् । बर्खामा जिल्ला सदरमुकाम र भारतीय सहरमा काम खोज्न जाने युवा मंसिर लागेपछि घर फर्केर अवैध सामान ओर्साने गरेको देखिएको छ ।

मोहन बुढाऐरका लेखहरु :

मुख्यमन्त्री कपको उद्घाटन

सभामुख कृष्णबहादुर महराले औपचारिक रूपमा शुक्रबार उद्घाटन गरे पनि मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलको पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । 

अन्तिम ओभरको रोमाञ्च

नाटकले भरिएको अन्तिम ओभरलाई पन्छाउँदै महेन्द्रनगर युनाइटेड रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । राउन्ड रोबिन लिगबाट मुस्किलले प्लेअफमा पुगेको महेन्द्रनगरले बिहीबार इलिमिनेटरमा रूपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गर्‍यो ।

पानीमा कसरी फल्यो टमाटर ?

कैलालीको ग्रामिण भेगबाट सुदूरपश्चिम महोत्सव अवलोकन गर्न आएका किसान हर्क बोहरा पहिलो पटक पानीमा जरा हालेको टमाटर फलेको देखेर छक्क परे । माटो बिना पानीमा मात्रै कसरी टमाटरको बोट हुर्किएको होला रु उनमा कौतूहल जाग्यो । कृषि प्रदर्शनी स्थलमा रहेका प्राविधिकबाट पानीमा तरकारी कसरी फलाउन सकिन्छ भनेर जानकारी लिए । 

धनगढी प्रिमियर लिग क्रिकेट : क्रिकेट पर्यटनको अवसर

वर्षाका कारण दुई दिनपछि सरेको देशकै सर्वाधिक धनराशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आर्थिक गतिविधिलाई पनि उकासेको छ ।

थारू अटवारी उल्लास

पश्चिम तराई दाङ, सुर्खेत ,बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा यतिबेला अटवारी पर्वको हर्ष उल्लास छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबारमा थारूहरू अटवारी पर्व पर्छ । थारूको माघी र दसैंपछिका ठूलो पर्व अटवारीको मुख्य विशेषता चेलीलाई कोसेली दिनु हो । यो पर्वमा थारूहरूले अग्निलाई देवता मानेर पूजा गर्छन् ।