२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रदेश २ ब्युरो

प्रदेश २ ब्युरोका लेखहरु :

संक्रमण बढ्दा पनि ‘निष्फिक्री’

कोरोना संक्रमण तीव्र फैलिरहेका बेला सावधानी र सतर्कता नअपाउँदा प्रदेश २ मा जोखिम बढेको छ । मास्कको प्रयोग र भौतिक दूरी पालना गरिएको छैन भने मानिसहरू भीडभाडमा निष्फिक्री घुमफिर गरिरहेका छन् । सर्लाहीका सुरक्षा अधिकारी नै संक्रमित हुँदा पनि जिल्लामा भीडभाड रोक्ने काम भएको छैन । 

नाकामा छैन सतर्कता

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहे पनि प्रदेश २ का सीमा नाकामा भने सचेतना अपनाइएको छैन । प्रदेशको मुख्य नाका वीरगन्जको रक्सौलमा भित्रिनेको स्वास्थ्य परीक्षण गरिए पनि बाँकी नाकामा हेल्थ डेस्कसमेत राखिएको छैन ।

अन्नभण्डारमै छैन मल 

माग र आपूर्तिको सन्तुलन नमिल्दा मल छर्ने मुख्य सिजनमै युरिया मलको चरम अभाव झेल्नुपरेको छ । कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जमा छ, तर पर्सामै मलको अभाव छ ।

घरैपिच्छे ज्वरो–रुघाखोकी

प्रदेश २ का आठवटै जिल्लामा घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी देखिएका छन् । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या दिनहुँ बढ्दो छ । तर मौसम प्रतिकूलताका कारण पनि ज्वरो र रुघाखोकी भएको हुन सक्ने चिकित्सकको अनुमान छ । छिनमै चर्को घाम, छिनमै पानी पर्ने असुहाउँदो मौसम सातायता प्रदेशमा कायमै छ, जसका कारण बिरामी संख्या बढ्दो छ । 

मधेसमा सुकुम्बासीको बेहाल

प्रदेश २ मा कति छन् सुकुम्बासी र भूमिहीन भनेर सोधे यकिन संख्या कुनै निकायमा छैन । सुकुम्बासी आयोग र जनता आवास कार्यक्रमलाई नेताहरूले भोट तान्ने अस्त्रमात्र बनाएको यो समुदायलाई भेटेपछि बुझिन्छ ।