मेनुका ढुंगाना

पहाड-तराई जोड्दै अछामी होरी

अछामी समुदाय बिना रंगको होरी (होली) मा रमाउन थालिसके । सेतो पहिरनमा सजिएर उनीहरू देउडा खेल्न व्यस्त छन् । देश-विदेश गएकाहरू घर फर्किरहेका छन् । होली पूणिर्माको भव्य पर्व आउन तीन दिन बाँकी छँदै अछाम र टीकापुरमा यस्तो उत्साह देखिएको हो ।

तालिम भत्ता कति छ ?

घरेलु तथा साना उद्योग विकास समितिबाट सिपमुलक तालिम लिएकाहरू सम्पर्कविहीन छन् । अधिकांश कामको खोजीमा भारत पसेका छन् । गाउँमै भएकाहरू पनि उद्यम गर्दैनन । तालिमका नाममा करोडौं खर्च भए पनि उपलब्धि देखिएको छैन ।

पुरुष नेतृत्वका स्थानीय तहमा महिला सेवाग्राही थोरै

प्रमुख र उपप्रमुख दुवै पुरुष भएका स्थानीय तहमा महिला सेवाग्राही थोरै हुने गरेको पाइएको छ । अछामका १० स्थानीय तहमध्ये बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् । यी गाउँपालिका कार्यालयमा महिला सेवाग्राही थोरै हुने गरेका हुन् । ती गाउँपालिकामा महिलाका क्षेक्रमा विनियोजन हुने बजेटबारे सोधखोज गर्ने महिलासमेत थोरै हुन गरेका छन् । 

पढाइ छाडेर भारत

तुर्माखाँद गाउँपालिका ३ का रवि बुढा १८ वर्ष पुगे । अहिलेसम्म उनी ५ पटक भारत गइसके । केहि समय बिदामा घर फर्केका उनले पढाइ छाडेर कामको खोजीमा जानु बाध्यता भएको बताए ।

छाउपडीलाई छेकबार

जिल्ला प्रहरी कार्यालयले बस्ती भेटघाट तथा सचेतनामूलक कार्यक्रममा छाउपडी कानुनका बारेमा जानकारी गराउन थालेको छ । कानुन आए पनि अहिलेसम्म छाउपडीविरुद्ध कुनै जाहेरी नआएकाले गाउँमा त्यसबारे प्रहरी आफैंले जानकारी दिन थालेको हो । 

मेनुका ढुंगानाका लेखहरु :

मागेरै गुजारा

कुडबस्ती गाउँ हुँदै पीपलतोलीसम्म अन्न माग्न मंगलसेन ५ की टंकी बादी बिहानै निस्किइन् । उनको बस्ने ठेगान पनि छैन । गाउँभरबाट मागेर ल्याएको दाल, चामल मंगलसेनको छेउमा रहेको सानो झुपडीमा लगेर पकाउँछिन् । जेनतेन एक साँझको गुजारा चल्छ । फेरि अर्को दिन अर्को गाउँ हिँड्छन्, उसैगरी गुजारा चलाउँछिन्  ।

एचआईभी संक्रमितको गुनासो : सरकारले बेवास्ता गर्‍यो

स्थानीय तह गठन भएपछि जिल्लाका १ हजार ६ सय २२ जना एचआईभी संक्रमित विभिन्न सेवा सुविधाबाट वञ्चित भएका छन् । साविकका गाविसहरूले एचआईभी संक्रमितको लागि गाउँ परिषद्बाट बजेट छुट्याउने र त्यहीअनुसार कार्यक्रम गर्थे । स्थानीय तह गठनपछि भने उनीहरूका लागि न त रकम विनियोजन गरिएको छ, न त कुनै कार्यक्रम नै आएको छ ।

संस्थाको नाममा ठगिँदै महिला

जिल्लामा सीपमूलक तालिम दिने र आत्मनिर्भर बनाउने भन्दै संस्थाको नाममा ठगी गर्नेको संख्या बढेको छ । जिल्लाका विभिन्न ठाउँमा महिला समूह गठन गरी कृषि व्यवसायका लागि बीउबिजन वितरण गर्ने उद्देश्य रहेको बताउँदै गाउँगाउँमा संस्थाका प्रतिनिधिहरू खटिएर आएका छन् ।

चुहिने अस्पतालमा बिरामीको बेहाल

मंगलसैन नगरपालिका १२ की चन्द्रा रावलका एक वर्षीय छोरालाई झाडापखाला लाग्यो । ४ घण्टा पैदल हिँडेर राति नै आमाले जिल्ला अस्पताल पुर्‍याइन् । डाक्टरको सल्लाहअनुसार ४ दिन बाल वार्डमा राखियो । मध्यराति परेको पानी बेडमा नै चुहिन थालेपछि उनले छोरालाई काखमा च्यापेर रात काटिन् ।

सहारा कोही भएन

हिँड्डुलका लागि एउटै खुट्टाको मात्र भर । बाँसको टाटीले बारेको छानो चुहिँदा–चुहिँदै भत्किन थालेको जीर्ण घरमा बस्दै आएकी मंगलसैनकी ४६ वर्षीया कलु पाध्यायले आफ्ना २ छोराछोरीलाई पेटभरि खुवाएको दिन विरलै हुन्छ ।