डा. लालित कुमार मिश्र

योग र होमियोप्याथीको सैद्धान्तिक एकरुपता

हाम्रो हिन्दु संस्कृतिमा प्रकृतिलाई मातृभावले हेर्ने गरिन्छ । किनभने प्रकृतिले आफ्नो विभन्न प्रकारका प्रदत्त उपदानहरुमा समस्त प्राणीहरुको लागि पोषणमय युक्त पोषणतत्वहरुको समावेश गरेको छ ।

जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार

पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या  अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ । 

एक्जाम फोबियाबाट छुटकारा पाउने उपायहरु

अचेल दिनहुँ जसो कुने न कुनै प्रकारको परीक्षा चलि नै रहेको हुन्छ । चाहे त्यो स्कुलको होस या मेडिकल ईन्ट्रान्स, कोरियन वा जर्मन या अग्रेजी भाषाको परीक्षा नै किन न होस । परीक्षार्थीहरुको बीच हाल परीक्षाकै बारेमा कुरा चलिरहेको हुन्छ । अभिभावकहरु पनि आ-आफ्नो परिक्षार्थी (छोरा-छोरी) हरुको परीक्षालाई लिएर चिन्तित् छन् । कसरी यिनीहरुको परिक्षा राम्रो होला भनेर ।

तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ

मुसा यदी गर्धनको पछाडी छ या शरीरको झट्ट सबैको नजर नपर्ने ठाउँमा छ भने कुनै चिन्ताको बिषय हुँदैन । तर, कहिले काही मुसा अनुहारमा यस्तो ठाउँमा आईदिन्छ, जहाँ सबैको नजर सोझै पर्दछ । जस्तै- गाला, आँखीभौं, आखाँको परेली, नाकको टुप्पो, निधार आदिमा । अनुहारमा मुसा हेर्दा राम्रो देखिंदैन ।

तपाईलाई पसिना धेरै आउँछ ? यस्ता छन्, रोकथामका उपाय

शरीरबाट पसिना निस्किनु एक स्वभाविक प्रकृया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्याउछ । पसिनाको माध्यमले शरीरभित्र भएको बिकार बाहिरआउछ । शरीरबाट पसिना निस्केन वा कुनै कारणबस पसिना भित्रै रोकिन गयोभने धेरै प्रकारका शारीरिक रोगहरु उत्पन्न हुन सक्छन् ।

डा. लालित कुमार मिश्रका लेखहरु :

के तपाईंको कान कराउँछ ?

कान कराऊनु वा बज्नु भनेको त्यस्ता ध्वनिहरु सुन्नु, जुन शब्द वस्तुतस् उत्पन्न नै भइरहेको छैन । यसलाई अंग्रेजीमा 'टाईनिटस' भनिन्छ। जस्तै : धन्टी बज्नु, छालऊर्लेको आवाज, स्याँ-स्याँको आवाज, सिठी बजेको, गित गुनगुनाएको वा अरु नै प्रकारका आवाजहरु कानमा निरन्तर वा बन्द हुँदै आउँदै गर्छन् । यस किसमको आवाज एक वा दुबै कानमा सुनिनसक्छ।

के पुरुषमा पनि हुन्छ रजोनिवृति?

अचेल पुरुषहरुमा पनि "एन्ड्रोपाज" फैलिंदै गईरहेकोछ । यसले व्यक्तिको पारिवारिक जीवनलाई नै तहस नहस पारिदिन्छ। पुरुषहरुमा हुने रजोनिवृति जसलाई "एन्ड्रोपाज" या "हाईपोगोनाडिज्म"को नामले चिनिन्छ । प्राय चालिस वर्ष उमेर पार गरेका पुरुषहरुको झुकाव यौन सम्बन्धतिर अझबढि हुन जान्छ । शोधकर्ताहरुको भनाईनुसार- तीस बर्षको उमेर पछि पुरुषहरुमा एन्ड्रोपाजको सुरुवात हुनथाल्छ ।

रिसको ब्यवस्थापन यसरी गर्न सकिन्छ

रिस एक नकारात्मक मनोभावना हो । रिसको बाहरी तथा व्यवहारिकरुप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो । रिसलाई सोझै देख्न सकिंदैन । तर, रिसाएको छभने थाहा हुन्छ । कुनै मानिस रिसाएको छ भन्ने कुरा उसको आक्रामक व्यवहारबाट थाहा हुन्छ । रिस मुलतः एउटै भए पनि यसका अनेकौ रुप छन् । दुख, द्वेष ईत्यादि रिसका बिभिन्न रुप छन् । रिसको प्रदर्शन तुरुन्त हुन न सकेमा यो दुख, द्वेषको रुपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रुपले रोगि हुन जान्छ ।

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

शायद कुनै व्यक्ति नहोला, जसको जीवनमा कहिल्यै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुखेको समस्याबाट अवश्यपनि गुज्रिनु परेको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेडएक' भनिन्छ । यो आफैमा कुनै छुट्टै रोग होइन । अत्याधिक व्यस्त दिनचर्या, तनावयुक्त जीवन, भाग दौड, गलत आहार-विहारका कारण अचेल टाउको दुख्नु साधारण भएको छ ।

सामान्य प्रसव गराउन होमियोप्याथी उपचार

सरकारी तथा गैरसरकारी (निजी) अस्पताल तथा नर्सिंगहोमहरुमा दिन प्रतिदिन बढि रहेको सिजेरियन डिलेभरीको संख्यात्मक बृध्दिदरले अधिकांश महिलालाई अप्ठयारोमा पारिदिएको छ । विवाहित सवै महिलाहरु गर्भवती भएको अवस्थामा यही चाहन्छन कि मेरो प्रसव प्रकृतिक रुपमा स्वभाविक किसिमले होस् । अपरेसन गर्न नपरोस । तर, यो कुरा आधुनिक चिकित्सामा सधै र सबै गर्भवती महिलाका लागी सामान्य प्रसव गराउन संभव हुँदैन र छैन पनि ।