कमल रिजाल

आमा, पहिलो पाठशाला, पहिलो पाकशाला

आमाको सम्झना गर्ने दिन हो, आज । आमा हुनेहरू मनपरेको खान-लाउन दिएर सम्मान गर्छन्, नहुनेहरू आफ्नै तौरतरिका अनुसार आमाको सम्झना गर्छन्, यस दिन । आमाभन्दा ठूलो कोही छैन, हुन्न कसैका लागि पनि । ठूला देवता पनि उनै हुन्, ठूला तीर्थ पनि उनै । संस्कृत भाषामा आमालाई माता भनिन्छ । सायद मदर, अम्मा, अम्मु पनि यसैका अपभ्रंश हुनुपर्छ ।

जतासुकै जहाँसुकै रामै–राम

रामनवमीमा मर्यादा पुरुषोत्तम रामको सम्झना गर्ने चलन छ । महर्षि वाल्मीकिका अनुसार भगवान् विष्णुले रामावतारको रूपमा अवतरण गरेकाले यस दिनलाई रामनवमी भनिएको हो । त्रेतायुगमा चैत्रशुक्ल नवमीको मध्याह्नमा रामको अवतरण भएको थियो । तुलसीदासले रामचरित मानसमा भगवान्को मानव अवतार हुन् भनेका छन्, उनलाई । वेदले पनि उनलाई यसै रूपमा स्वीकारेको छ ।

रंगमार्फत सद्भाव

फागुन शुक्ल पूर्णिमालाई फागुपर्वको रूपमा मनाउँछन्, नेपालीहरू । यसै दिन साँझ होलिका दहन गर्ने चलन छ । यसलाई चीरदाह भन्ने गरिएको पनि छ । यस दिनलाई फागुपूर्णिमा वा होलीपूर्णिमा समेत भन्ने गरिन्छ । विष्णुभक्त भतिजा प्रह्लादलाई मार्न अग्निकुण्डमा हेलिएकी होलिका आफै डढेर भष्म भएकी थिई रे, अघि कुनै बेला ।

शिव अर्थात् समय

वैदिक सनातनधर्मीहरू वर्षदिनमा चार रातलाई विशेष रात मान्छन् । ती हुन्— कालरात्रि, महारात्रि, मोहरात्रि र सुखरात्रि । महारात्रि चाहिँ ‘शिवरात्रि’का नामले बढी परिचित छ । आदि कल्पमा भगवान शिवले सृष्टि प्रक्रिया सञ्चालनका लागि साकार स्वरूप धारण गरेको रात हुनाले यसलाई शिवरात्रि भनिएको हो ।

सीतादर्शनको सार

मङ्सिर शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भनिन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यसै दिन त्रेतायुगीन अयोध्याका राजकुमार रामसित जनक नन्दिनी सीताको विवाह भएको थियो । त्यसैको निरन्तरतास्वरूप अहिलेसम्म यस दिन राम–जानकी विवाहका लागि अयोध्याबाट जन्ती आउने गर्छ ।

कमल रिजालका लेखहरु :

तुलसीमा धार्मिक जलप

असार शुक्ल एकादशी अर्थात् हरिशयिनी एकादशीका दिन सुतेका विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुन्छन् भन्ने धार्मिक विश्वास छ । यसैका आधारमा यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।

नवरात्रमा नारी सम्मान

नेपाली घरआँगनमा नवरात्र पर्व चलिरहेको छ  । यस पर्वमा ९ दिनसम्म शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी दसमीको दिन प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ  ।