शब्द/तस्बिर : लालप्रसाद शर्मा

भेंडीगोठले तानिँदै पर्यटक [फोटोफिचर]

सरकारले हालैमात्र नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ, कास्कीको मादी गाउँपालिकाको सिकलेस क्षेत्र । अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा, गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिकलेस सफा र चिरीच्याट्ट छ ।

यसरी हुँदैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थलको १७ प्रतिशत भौतिक प्रगति र १२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

यस्तो छ बन्द गोरखकाली रबर उद्योगको अवस्था

गोरखाको मजुवास्थित ६ सय ५४ रोपनी जग्गामा फैलिएको छ गोरखकाली रबर उद्योग । २०४९ मंसिर २९ बाट टायर उत्पादन थालेको उद्योग २०७१ चैत अन्तिम सातादेखि बन्द छ ।

यसरी गरियो पोखरामा विपद् व्यवस्थापन तयारी अभ्यास [फोटोफिचर]

पोखरामा मंगलबार विपद् व्यवस्थापनसम्बन्धी तयारी अभ्यास गरिएको छ । कास्की जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेनाको सिद्धिबक्स गणको संयोजनमा भएको अभ्यासमा आगलागी, बाढीपहिरो, डेभिज फल्समा फँसेका र फेवातालमा डुबेकाको उद्धार गरिएको थियो ।

पोखरामा ट्होटें पर्व

गुरुङ समुदायको परम्परागत, मौलिक सांस्कृतिक ट्होटें पर्व मंगलबार पोखरामा मनाइयो । प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सामूहिक रुपमा यो पर्व मनाइन्छ । ट्हो भनेको गाउँबस्ती तथा राज्य भन्ने बुझिन्छ भने टेंले गाउँबस्ती तथा राज्यबाट बैरी (शत्रु) धपाउने भन्ने हुन्छ । यस अवसरमा तमु धिं नेपालको आयोजनामा मंगलबार पोखरामा झाँकी, बाजागाजासहितको र्‍यालीसहित यो पर्व मनाइयो ।

शब्द/तस्बिर : लालप्रसाद शर्माका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।