१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तस्बिर : किरण पाण्डे

तस्बिर : किरण पाण्डेका लेखहरु :

नयाँ राष्ट्रपतिको शपथ, निवर्तमान राष्ट्रपतिको बिदाइ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ लिएका हुन् ।

वाग्मतीमा र्‍याफ्टिङ सरर

वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो । १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् ।

काकाकुल ढुंगेधारा

काठमाडौं उपत्यकाको सौन्दर्य मान्छेको भीड, बेढंगका बग्रेल्ती घर, बाँगाटिंगा बाटा र कुरूप संरचनाहरूले मिचिएको छ । एक समय देवस्थलका रूपमा परिचित उपत्यकाको आभा मन्दिरहरू, देवल र कलात्मक ढुंगेधाराहरूले निखारेको थियो । तर बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विस्तारको मारमा सहर बिस्तारै कुरूप बन्दै गयो । जमघट हुने, जात्रा र पर्वसँग प्रत्यक्ष साइनो भएका र ढुंगेधाराहरू अतिक्रमणको सिकारमा पर्दै गए ।

बाघको डरले सम्साँझै बस्ती सुनसान

मंसिरयता गेरुवा गाउँपालिका–४ राजीपुरकी निर्मला चौधरीको दिनचर्या बदलिएको छ । घाम नअस्ताउँदै घरभित्र छिरिसक्छिन् र उज्यालो भएपछि मात्र बाहिर निस्किन्छिन् । गत मंसिर १२ मा अपराह्नतिर घरबाट केही पर भैंसीलाई पानी खुवाउन लगेका बेला निर्मलाका ससुरा कालुराम थारूलाई बाघले आक्रमण गरेर मारेपछि राजीपुर र गोला क्षेत्रका स्थानीयको दिनचर्या बदलिएको हो ।